- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको दोस्रो अन्तिम दिन सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । उद्घाटन भएको सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेल हुन लागेका हुन् ।
सागमा आइतबार आर्चरी, कुस्ती, क्रिकेट, जुडो, टेनिस, पौडी, फेन्सीङ, फुटबल, बक्सिङ, बास्केटबल, स्क्वास र सुटिङमामा प्रतिस्पर्धा हुनेछ ।
महिला फुटबलको फाइनल पोखरामा हुँदैछ । नेपाल र भारत फाइनलमा भिड्दैछन् । आर्चरी पोखरामा जारी छ । कुस्ती जनकपुरमा जारी छ ।
बाँकी सबै खेल काठमाडौंमा हुनेछन् ।
क्रिकेटमा पुरुषतर्फको फाइनल र कास्य भिडन्त हुँदैछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश तथा कास्यका लागि नेपाल र माल्दिभ्स खेल्दैछन् । महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।
कबड्डीमा सोमबार महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग र महिलामा नेपाल र भारतबीच खेल हुनेछ ।
कुस्तीमा दुई स्वर्ण पदकका लागि खेल हुनेछ ।
जुडोमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
फेन्सिङमा टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पौडीमा विभिन्न स्पर्धामा खेल हुनेछ । गौरिका सिंहले दुई स्पर्धामा खेल्दैछिन् ।
बास्केटबलमा सोमबार सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा नेपाल र भारत तथा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
महिलाको सेमिफाइनल नेपाल र माल्दिभ्स तथा भारत र भुटानबीच हुनेछ ।
थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ । पुरुष सेमिफाइनलमा नेपालले श्रीलंकासंग र भारतले बंगलादेशसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।
बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका ९ खेलाडी फाइनलमा पुगेका छन् ।
स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
टेनिसमा महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् ।