arrow

खोटाङमा बस दुर्घटना : कम्तीमा १२ जनाको मृत्यु

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
खोटाङ । खोटाङमा भएको बस दुर्घटनमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । प्रहरीले दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको जनाएको छ भने अरु पनि केही हताहती भएको हुन सक्ने अनुमान गरेको छ। बसमा २८ जना सवार रहेका थिए । 
 
खोटाङको दिक्तेलबाट मंगलबार बिहान ५ बजे काठमाडाैंका लागि छुटेको बा२ख ६३७६ बस काभ्रे आहाल भन्ने ठाउमा दुर्घटना भएको हो।  बस झण्डै २ सय मिटर तल खसेको बताईएको छ।  
 
हलेसी महादेवमा रहेको इलाका प्रहरी कार्यालयबाट उद्धारका लागि प्रहरी त्यहाँ पुगेका छन्। जिल्ला सदरमुकामबाट भने सेना, प्रहरी र शसस्त्र प्रहरीका जवानहरु घटनास्थलतर्फ उद्धारका लागि गएका काँग्रेसका जिल्ला नेता भुपेन्द्र राईले जानकारी दिएका छन्। 
 
दुर्घटनामा परि मृत्यु भएकाहरुको नामावली प्राप्त हुन सकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ