arrow

प्रधानमन्त्री ओलीका यो बर्षका चर्चित गफ !

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
KP-Oli-Tamu-LOashr-(1).jpg.jpeg
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएदेखि अहिले सम्म दर्जनौ चर्चित भाषण तथा गफहरु गरेका छन् । यो बर्ष नेपालीका लागि दुःख बर्ष रह्यो, तर मुलुकको प्रधानमन्त्री भने यही बर्ष संभवतः सवै भन्दा हसिँलो र गफाडी प्रधानमन्त्री हामीले पायौं । 
 
झण्डै दुई दशक अगाडी महाकाली सन्धी हुदा स्याटलाईटबाट विजुली निर्यात गर्ने गफ दिएर चर्चा कमाएका प्रधानमन्त्री ओली अहिले पनि त्यस्तै गफ दिएर जनतालाई भरोसा होईन मनोरञ्जन मात्र दिईरहेका छन् । जनता दुःखमा परेका बेला प्रधानमन्त्री ओलीले ठट्यौली कुरा गरेर जनताको संवेदनामाथी खेलवाड गरेको आरोप पनि लाग्ने गरेको छ । आम नागरिकले हावा भन्दै उडाएका गफहरुलाई उनले पटक पटक दोहोर्याउदै स्पष्टीकरण पनि दिने गरेका छन् । 
 
प्रधानमन्त्री ओलीले दैनिक रुपमा नयाँ नयाँ अपत्यारीला गफ दिएर हसाएकाले आफुहरुको पेशा नै संकटमा परेको हास्य कलाकारहरुले टिप्पणी गरेका छन् । हास्यकलाकार सिताराम कट्टेलले त ओली प्रधानमन्त्री भईरहदा सम्म आफुहरु ओझेल परिएको भन्दै प्रधानमन्त्री ओलीको गफाडीपन प्रति व्यांग्य गरेका छन् । 
 
हुन पनि ओली नै मुलुकको प्रधानमन्त्री भएकै बेला विभिन्न टेलिभिजनबाट प्रसारण हुदै आएका कतिपय हास्यव्यांग्यात्मक कार्यक्रमहरु बन्द भए । केही कार्यक्रमहरु केही समय बन्द भएर फेरी प्रसारणमा आएका छन् भने केही अझै पनि बन्दै अवस्थामा छन् । 
 
हावाबाट विजुली 
हावाबाट विजुली निकाल्ने योजना सुनाएको भाषणलाई प्रधानमन्त्रीले जग हसाउने गरी दिएर भाषणहरु मध्ये जनताले सवै भन्दा बढी उडाए । यही नै सवै भन्दा बढी चर्चित हावा गफ भयो प्रधानमन्त्री ओलीको । हावाबाट विजुली निकाल्नका लागि उनले जिम्मेवारी दिने भनेको कम्पनी नक्कली रहेको पुष्टी भएको थियो । अनि उनको गफ पनि नक्कली नै सावित भयो । 
 
चुलोचुलोमा ग्यासको पाईप
प्रधानमन्त्री ओलीको अर्को चर्चित गफ हो — घरघरका चुलो चुलोमा ग्यासको पाईप जोड्ने । मुलुकमा ग्यास नपाएर जनताले बजारमा पनि भोकै रहनु परेको, महिनौ लाईनमा बस्नु परेको र दाउराले पकाउनु परिरहेका बेला ओलीको यो हावादारी गफले जनतालाई थप पिडा दिएको थियो । उनीहरु ओलीको गफबाट हास्न भन्दा रिसाउन र उनी प्रति  आक्रोस पोख्न तम्सीएका थिए । 
 
एक बर्षमा लोडसेडिङ अन्त्य 
प्रधानमन्त्री ओली निर्वाचित भएकै बेला देखि एक बर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने दावी गर्दै आईरहेका छन् । उनको यो गफमा विश्वास नगर्नेहरुलाई उनले राम्रो काम गर्न खोज्दा पनि हास्नेहरुलाई केही गर्न सकिदैन भन्दै संभव भएको दावी गर्दै आईरहेका छन् । उनले एक बर्षमा लोडसेडिङ अन्त्य गर्ने दावी गरिरहेकै बेला अन्य समयमा भन्दा बढी लोडसेडिङ भईरहेको छ । जवकी उर्जा मन्त्रालयले भने तिन बर्षमा मात्रै लोडसेडिङ अन्त्य गर्न सकिने योजना बनाएको छ । लोडसेडिङबारे ओलीको बोली खेर जान नदिन भन्दै व्यङग्यका क्रममा इन्द्रजालका उपाय सिक्न समेत सुझाएका थिए । हावाबाट बिजुली निकाल्ने, जिओ थर्मल प्लान्टबाट बिजुली निकाल्ने भन्दा इन्द्रजालका उपाय सजिला हुने भन्दै ओलीको बारेमा खुवै टिप्पणी भएका थिए । 
 
फोहोरबाट इन्धन 
प्रधानमन्त्रीले ओलीले पटक पटक दोहोर्याउने गरेको अर्को गफ हो — फोहोरबाट ईन्धन । काठमाडौमा फोहोरबाट ईन्धन निकाल्न सकिने र केही दिनमै ईन्धनबाट निकालिएको इन्धन काठमाडौंबासीलाई बाडिने भाषण प्रधानमन्त्री ओलीले चार महिना पहिला नै गरेका थिए । तर अहिले सम्म पनि कही कतैपनि फोहोरबाट इन्धन निकालेर ग्यास तथा पेट्रोलियम पदार्थको बैकल्पीक व्यवस्था भएको भरपर्दो आधार देखिएको छैन । 
 
काठमाडौंमा इलेक्ट्रीक बस 
काठमाडौमा विजुलीबाट चल्ने बस चलाउने योजना प्रधानमन्त्रीले निकै सजिलैसंग सुनाएका थिए । केही हप्तामै त्यस्ता बस काठमाडौंमा सर्रर्र चल्न थाल्छन भनेर प्रधानमन्त्री ओलीले भनेको पनि महिनौ विति सकेको छ । तर विजुलीबाट चल्ने बसको कुनै छाँटकाँट छैन । 
 
तुईनमुक्त मुलुक
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पहिलो निर्णय प्रधानमन्त्री ओलीले मुलुकलाई तुईनमुक्त बनाउने भन्ने गरेका थिए । उनले मुलुकलाई तुईनमुक्त बनाउने घोषणा गरेपनि त्यस्तो अभियान भने अहिले सम्म केही देखिएको छैन । त्यसैले यस्लाई पनि विज्ञहरुले प्रधानमन्त्रीको अनावश्यक महत्वकांक्षी गफको संज्ञा दिएका छन् । 
 
प्रधानमन्त्री ओलीले भाषणमा जति चमत्कारका कुरा गरेका छन्, त्यतिकै ठिक उल्टोरुपमा व्यवहार देखाएका छन् । संविधान कुल्चने, मन्त्रालय फुटाउने, मन्त्री पदलाई जागिरको रुपमा स्थापित गर्ने, मन्त्रीहरु पनि थपेर यसअघिका सबै रेकर्ड तोड्ने, मुलुकलाई अनावश्यक आर्थिक व्ययभार थप्ने, लोडसेडिड डवल बढाउने, भूकम्प पीडितलाई जाडोमा विचल्ली वनाउने, कालोबजारी मौलाउन दिने ओलीको भाषण विपरितको व्यवहार हो । 
 
त्यसैगरी राष्ट्रियताको कुरा गर्ने अनि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम छोडेर सञ्चालन अनुमति नपाएको हिमालयन एयरबाट चीन सफर गर्ने उनको अर्को व्यवहार विपरितको गफ पुष्टी भएको छ । 
 
आज यो बर्षको अन्तीम दिन उनले आफ्नो कार्यकाल ६ महिना पुरा भएको र नयाँ बर्षको अवसर पारेर देशवासीमा नाममा गर्ने सम्वोधनमा पनि कति गफ दिनेहुन हेर्न र सुन्न वाकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ