arrow

साग समापनतिर, अन्तिम दिन ५ खेल 

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
sag-logo.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग समापनतिर गएको छ । मंगलबार अन्तिम दिन विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पोखरा र जनकपुरले सागका खेलहरु सकिसकेको अवस्थामा अब बाँकी सबै खेल काठमाडौंमा हुँदैछन् । त्योसंगै समापन पनि काठमाडौंमै हुँदैछ । 

सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वासको प्रतिस्पर्धा हुनेछ । 

पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल दिउँसो ३ बजे हुनेछ ।

–पुरुष बास्केटबलको फाइनल त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारत र श्रीलंकाबीच दिउँसो १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । त्यसअघि महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।

बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । नेपालले ५ स्पर्धामा फाइनल खेल्नेछ । 

जुडोमा मंगलबार १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा बिहान ९ बजेदेखि सुरु हुने खेलको फाइनल  दिउँसो १२ः३० मा सुरु हुनेछ ।

स्क्वासको टिम स्पर्धाको फाइनल खेलमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ नेपाल र श्रीलंका कास्यको लागि खेल्नेछन् ।

समापन कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ । 

प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत साग समापनमा सम्बोधन गर्ने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ