चिकित्सकद्वारा पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अमेरिका लान सुझाब
एएनआई,
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
429
Shares
लाहोर, पाकिस्तान। पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई उपचारका लागि अमेरिका लान उनको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाब दिएका छन्। शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहेका छन्। शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उनको उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी गराएको हो।
पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उद्धृत गरी द ट्रिबुनले लेखेको छ, “पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उनलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ। तर स्वास्थ्य अवस्थाका कारण पूर्व प्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौति रहेको छ।”
प्रवक्ताले भने, “पछिल्लो ‘पोजिट्रन इमिसन टोमोग्रफी (पीइटी) स्कान’ रिपोर्टअनुसार उनको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उहाँको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन्।”
तीन पटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ बर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिइरहेका छन्। चिकित्सकद्वारा पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अमेरिका लान सुझाब।