arrow

खोटाङ बस दुर्घटना : २४ को मृत्यु, २३ घाइतेलाई काठमाडौं ल्याइयो

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
खोटाङ । खोटाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । ३१ घाइते मध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । घाइते मध्ये २३ जनालाई काठमाडौं सेनाको हेलिकोप्टरमार्फत पठाइएको र बाँकीको जिल्लामै उपचार भइरहेको खोटाङ प्रहरीले जनाएको छ । 
खोटाङको दिक्तेलबाट मंगलबार बिहान ५ बजे काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान –१ काग्रेपानी भिरमा दुर्घटना भएको हो । 
 
बस झण्डै २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा मृत्यु हुने मध्ये १६ जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा बालबालिका परेकोबारे विवरण प्राप्त भइनसकेको र मर्नेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको बताईएको छ । दिक्तेलबाट १८ जना मात्रै लिएर हिँडेको बसले बाटोमा यात्रु थप्दै हिँडेकाले कति यात्रु थिए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ