काठमाडौं । कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको झण्डा बोकेकी छिन् । उनले १३ औं सागमा सर्वाधिक सफलता हासिल गरेसंगै सागको झण्डा बोकेकी हुन् ।
उद्घाटनका बेलामा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए । अधिकारीले कास्यपदक मात्रै जितेपछि उनी झण्डा बोक्नेमा परेनन् ।
दुई स्वर्ण पदक जितेका तेक्वान्दोकी आयशा शाक्य र कराँतेका मण्डेकाजी श्रेष्ठ पनि त्यो लाइनमा रहेका थिए । तर गौरिकाले ४ स्वर्णपदक जितेर बाजी मारिन् ।
नेपालको साग इतिहासमा अहिलेसम्म एकै संस्करणमा कसैले पनि दुई भन्दा बढी स्वर्ण जितेका छैनन् ।
सागमा सर्वाधिक स्वर्ण यसअघि तेक्वान्दो खेलाडी दीपक विष्टको नाममा थियो । दीपकले ४ स्वर्ण जितेका थिए । गौरिकाले एकै झड्कामा जितिन् ।