arrow

खोटाङ बस दुर्घटना : मृतक मध्ये १६ को सनाखत (नामावलीसहित)

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
खोटाङ । खोटाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । ३१ घाइते मध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । घाइते मध्य २३ जनालाई काठमाडौं सेनाको हेलिकोप्टरमार्फत पठाइएको र बाँकीको जिल्लामै उपचार भइरहेको खोटाङ प्रहरीले जनाएको छ । 
खोटाङको दिक्तेलबाट मंगलबार बिहान ५ बजे काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान –१ काग्रेपानी भिरमा दुर्घटना भएको हो । बस झण्डै २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा मृत्यु हुने मध्ये १६ जनाको मात्रै सनाखत भएको छ ।  
 
दुर्घटनामा बालबालिका परेकोबारे विवरण प्राप्त भइनसकेको र मर्नेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको बताइएको छ । यस्तै मृतकमा राई समुदायका बढी छन् । सनाखत भएका १६ जनामा १० जना राई समुदायकै छन् । दिक्तेलबाट १८ जना मात्रै लिएर हिँडेको बसले बाटोमा यात्रु थप्दै हिँडेकाले कति यात्रु थिए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ । 
 
 
१६ को सनाखत 
अर्जुन उप्रेती–काडमाडौं (चालक) 
सन्तोष कटुवाल – दिक्तेल नगरपालिका १४ 
 द्रबिन  राई – बाँसबोटे – ३ खोटाङ
हेम सुनार–दानागाउँ उदयपुर 
भाजुनारायण  श्रेष्ठ – दानागाउँ उदयपुर 
रविन राई – च्यास्मीटार खोटाङ
विमला राई – निर्मलीडाँडा –३ खोटाङ
शान्ता राई – तामलिसा–५ खोटाङ
ओम श्री राई –तामलिसा –५ खोटाङ
सोम सुन्दास – पन्चन –१ सोलु 
सुरेन्द्र राई – च्यास्मीटार –८ खोटाङ
मजेर राई – दिकुवा– खोटाङ
भैरव राई – याम्खा –७ खोटाङ
सुस्मा राई – सोलु 
मित्र कुमारी राई –खार्मी –५ खोटाङ
गोविन्द तिम्सिना –दिप्सुङ –१ खोटाङ
मृतक अन्यको सनाखत हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ