arrow

नेपाली काँग्रेसको राजनीतिक जग नेविसङ्घ : लेखक

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
ramesh-lekhaka-420x250.jpg.jpeg
रत्ननगर (चितवन)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काँग्रेसको राजनीतिमा नेपाल विद्यार्थी सङ्घको भूमिका उच्च रहेको बताए।
 
नेविसङ्घ वीरेन्द्र क्याम्पस एकाइ समितिले आज आयोजना गरेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले राष्ट्रिय कार्यसूची बनाउन सक्ने विद्यार्थी सङ्गठनका रुपमा अघि बढ्न समेत सुझाव दिए।
 
नेविसङ्घको ४६ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने छ। विजेता टोलीलाई रु ४६ हजार र उपविजेतालाई रु २७ हजार प्रदान गरिने आयोजकले जनाएको छ। फुटबलमा १२ कलेज सहभागी छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ