-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिरहा। सिरहामा रहेको मारुती सिमेन्ट उद्योगमा एक मजदुरले आत्महत्या गरेका छन् ।
उद्योगमा बिगत २ वर्षदेखी कार्यरत २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारीवाट हटाएपछि मंगलबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्यापछि मृतका आफ्न्तहरुले विरोध प्रदर्शन गरेका छन् । सोको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका हुन् ।
व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उद्योग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेका थिए ।