नेहरूका रक्षामन्त्रीलाई हार्दै गरेको चुनाव जिताए दिलीप कुमारले
प्रकाशित २०७६ मंसिर २५ बुधबार
326
Shares
काठमाडौं । बलिउड सुपरस्टार दिलीप कुमारले बलिउड मात्र नभएर भारतीय राजनीतिलाई पनि प्रभावमा पारेका थिए । राजनीतिलाई उनले बलिउडसँग कनेक्शन सन् १९६२ को चुनावदेखि गराए । ११ डिसेम्बरमा दिलीप कुमारको जन्मदिन हो। बुधबार दिलीप कुमारले आफ्नो ९७ औँ जन्मदिन मनारहेका छन् । १९६२ को आम चुनावमा पहिलो पटक बलिउड सुपरस्टार दिलीप कुमारले चुनावको प्रचार गरेका थिए ।
सो समय उत्तरी मुम्बई सिटमा कांग्रेस नेता कृष्ण मेननको प्रतिस्पर्धा उनका कट्टर विरोधी सोशलिस्ट पार्टीका आचार्य जेबी कृपलानीसँग भएको थियो ।
मेनन प्रधानमन्त्री जवाहर लाल नेहरूको मन्त्रीमण्डलका रक्षामन्त्री थिए । साथै भारतले चीनसँगको युद्ध हारेको थियो । विपक्षी दल मेननलाई हटाउने माग गरिरहेको थियो तर नेहरू हटाउन तयार थिएनन् । यस्तो अवस्थामा जेबी कृपलानीले सीतामढि (बिहार) को आफ्नो सुरक्षित सीट छोडेर मुम्बईमा मेनन बिरुद्ध चुनावमा उत्रिए ।
मेननको चुनौतीलाई नेहरूले आफ्नै सम्झिए । यसै क्रममा मेनन माथि एक पत्रिकाले कविता छाप्यो - चिनियाँ हमला हुन्छ , मेनन साहब सुत्छन् । कृपलानीजीलाई आउन देउ ।'
दिलीप कुमारको आत्मकथा 'वजूद ओर परछाई' का अनुसार नेहरूले उनलाई मेननको पक्षमा प्रचार गर्न आग्रह गरे । नेहरूले भने अनुसार नै दिलीप कुमार प्रचारमा जुटे । अन्तत प्रचार यति व्यापक भयो कि कृपलानीले चुनाव हारेका थिए ।