arrow

कानुन व्यवसायीको एकै स्वरः ‘विधिको शासन मिच्ने अधिकार कसैलाई छैन’

‘नेपालमा सरकारबाट नै मानवअधिकार र संविधानको रक्षा भएन’

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
sunil-pokhrel.gif

बुटवल । नेपालमा मानव अधिकारको अवस्था खस्किदै गएकोमा कानुन व्यबसायीले चिन्ता ब्यक्त गरेका छन् ।  मानवअधिकारको सन्धीमा नेपाल पक्ष राष्ट्रभएपनि ब्यबहारिक रुपमा भने चुकेको उनीहरुको ठहर छ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा बोल्ने कानुन ब्यबसायीहरुले नेपालमा पछिल्लो समयमा मानव अधिकार उल्लंघनका घटना बढेको भन्दै हरेक मानिसको अधिकार संरक्षणका लागि राज्यको भूमिका गहन र जिम्मेबारपूर्ण हुनुपर्नेमा जोड दिए । उनीहरुले नेपालमा गैर न्यायीक हत्या हुने गरेको भन्दै संयुक्त राष्ट्रसंघले यसलाइ गम्भिरताका साथमा हेर्ने गरेको समेत बताए । 

नेपाल बार एशोशिएसन केन्द्रिय अध्यक्ष चण्डेश्वर श्रेष्ठले कुनैपनि अबस्थामा मानव अधिकार हननका घटनामा आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए । उनले लोकतन्त्र कुण्ठित हुदा बार एशोशिएसन लोकतन्त्रको पक्षमा उभिने दाबि गरे । ‘कसैको पनि अधिकार खोसिएको हामीलाइ मान्य हुदैन, जनताको घरघरमा न्याय, लोकतन्त्रको अनुभुति दिलाउन राज्य जिम्मेबार हुनुपर्छ, राज्यमा कुनैपनि तानशाहले लोकतन्त्र र न्यायको बिरुद्धमा कुनै कदम चाल्नु उसैका लागि दुर्भाग्य हुन्छ ।’ श्रेष्ठले भने, ‘ तीन तहका सरकार मुलुकमा भएपनि न त कानुन बनाए, न त प्रदेशले केन्द्र र राजधानी नै तोक्न सके, कानुनको उल्लंघन भयो ।’

बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले सरकार गलत बाटोबाट अघि बढ्न खोजेको आरोप लगाए । ‘गैर न्यायीक हत्या बढे,शासकहरुले निरंकुशताको प्रयास गरिरहेका छन् ,यी संबिधान बिपरितका काम हुन् । ’

नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक सुनिल पोखरेलले मुलुकमा विधिको शासन अल्पमतमा परेको गुनासो गरे । उनले कानुनको बर्खिलाप गभैरहेको बताए । ‘गैर न्यायीक हत्या बढेका छन्,मानवअधिकार उल्लंघन ब्याप्त छ,प्रेसलाइ हस्तक्षेप गरिएको छ,सरकारले नै प्रोपोगान्डा गरिरहेको छ ।’ 

डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का केन्द्रीय अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले सरकारबाट नै मानव अधिकार हननका घटना भएको भन्दै सरकारको आलोचना गरे । उनले नागरिकलाइ विधिको शासन, शान्ति सुरक्षा, गासबास कपास, लगायतका आधारभूत कुरामा नै बिभेद गरिएको बताए । उनले कानुनी राज्य स्थापनाका लागि सबैले आआफ्नो सहि भूमिका निर्बाह गर्नुपर्ने बताए । रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा साक्षात्कार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ