arrow

गोकर्ण बिष्टले रोकेको श्रम सहचारी नियुक्ति प्रक्रिया सुरु गरे रामेश्वर रायले

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
rameshwor-yadav.jpg

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारका गन्तब्य ६ देशका लागि ७ श्रम सहचारीको माग गरेको छ। बिहीबार सार्वजनिक सूचना जारी गरी दक्षिण कोरिया, कतार र मलेसियाका लागि काउन्सिलर माग गरेको छ । संयुक्त अरब इमिरेट्स अबुधाबी, साउदी अरेयिबा जेद्दा, मलेसिया क्वालालम्पुर, कुवेत र ओमनको मस्कटका लागि श्रम सहचारी माग गरेको छ ।   

काउन्सिलरमा उपसचिवले आवेदन दिन पाउनेछन् । श्रम सहचारीका लागि शाखा अधिकृतले आवेदन दिन पाउनेछन् । श्रम सहचारी नियुक्तिसम्बन्धी मापदण्ड बनाइएको छ । जसले बढी नम्बर ल्याउँछ त्यो काउन्सिलर र सहचारी छानिने प्रावधान छ ।

बैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य मुलुकमा श्रम सहचारी राख्ने ब्यवस्था गरिएपछि यो पद आकर्षक मानिन्छ । त्यही भएर शाखा अधिकृत र उपसचिवहरु काउन्सिलर र श्रम सहचारी नियुक्त हुनका लागि मन्त्रीका आसेपासेहरुमार्फत चर्को लबिङ गर्ने गर्दछन् ।

विगतमा उपसचिव अनिल गुरुङ, शाखा अधिकृतहरु इन्द्रदेव पाण्डे र बाबुलाल रेग्मी जस्ता बदनाम पात्रहरु आर्थिक चलखेल गरी श्रम सहचारी भएका थिए । बैदेशिक रोजगार विभाग र यातायात कार्यालयमा ७ बर्ष भन्दा बढी बसेर अकूत सम्पत्ति आर्जन गरेका पात्रहरुलाई आर्थिक लेनदेनका आधारमा श्रम सहचारी नियुक्ति गरिएकोमा बिरोध भएको थियो । 

२०७४ चैतमै मलेसिया, साउदी अरब, बहराइन र कतार गरी ४ देशमा श्रम सहचारी रिक्त भएको थियो । त्यतिबेला श्रम सहचारी नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेपछि तत्कालीन श्रममन्त्री गोकर्ण बिष्टले रोकेका थिए । श्रम सहचारी छनोट प्रक्रिया २०७४ माघ २५ देखि सुरु भएको थियो । २०७४ चैत १२ र १३ मा श्रम सहचारीका लागि निवेदन दिने उम्मेदवारहरुको ‘विषयबस्तुको ज्ञान तथा प्रस्तुतीकरण’ गर्ने कार्यक्रम थियो । उपसचिवका लागि चैत १२ र शाखा अधिकृतका लागि १३ गते विषयबस्तु प्रस्तुतीको कार्यक्रम थियो । तर २०७४ चैत १२ गते बिहानै मन्त्री बिष्टले श्रम मन्त्रालयका तत्कालीन सचिव लक्ष्मण मैनालीलाई बोलाएर ‘प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न बाँकी भएको’ भन्दै श्रम सहचारीको छनोट प्रक्रिया स्थगित गर्न निर्देशन दिएका थिए ।

कतारका श्रम सहचारी नरेन्द्र ज्ञवालीले मन्त्री बिष्टसँग कनेक्सन मिलाएर कार्यकाल सकिए पनि अर्को ब्यवस्था नभएसम्मका लागि ती ४ देशमा नियुक्ति रोकेको आरोप लागेको थियो । श्रम सहचारीमा आवेदन दिएका उपसचिव र शाखा अधिकृतहरुलाई अन्तिम समयमा आएर मन्त्री बिष्टले लहडमा रोकेर निराश पारेका थिए । श्रम सहचारी नियुक्ति ब्यवस्थित गर्ने भनेका मन्त्री बिष्टले २ बर्षसम्म नियुक्ति नै रोकेर साविककै सहचारीलाई राखी लाभ लिएको आरोप लाग्दै आएको थियो । 

नवनियुक्त श्रममन्त्री रामेश्वर यादवले मन्त्री नियुक्त भएको एक महिनामै श्रम सहचारी नियुक्ति प्रक्रिया सुरु गरेका छन् । श्रम मन्त्रालयले काउन्सिलरमा आवेदन दिने उपसचिवका लागि पुस १३ गते बिषयबस्तुको प्रस्तुतीकरण कार्यक्रम राखेको छ । श्रम सहचारीका लागि पुस १३ र १४ गते प्रस्तुतीका लागि सूचना जारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ