करीनाले नलिएपछि कपीलको शोबाट प्याज ल्याएर अक्षयले दिए ट्विंकललाई उपहार
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
702
Shares
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार प्रायः सबैलाई हँसाउँछन् । हालै अक्षय आफ्नी पत्नीको लागि उपहार लिएर घर पुगेका छन्। यो उपहारहरू अरु केही नभएर प्याजको एयररिंग हो। जसलाई श्रीमती ट्विंकल खन्नाले निकै मन पराएकी छन्। नेपाल र भारतमा प्याजको मूल्य आकाश छुँनै लागेको अवस्थामा यस्तो उपहार मन नपराउने कमै होला।
हालै ट्विंकल खन्नाले पति अक्षय कुमारबाट एक एयरिंग गिफ्ट पाएकी छिन्। अक्षय कुनै शोरूम वा गहना स्टोरबाट एयरिंग ल्याएका भने होइन । उनले त्यो उपहार द कपिल शर्मा शोको सेटबाट उठाएर ल्याएका हुन् । हालै अक्षय कुमार सोनी टिभीको द कपिल शर्मा शोमा आफ्नो आगामी फिल्म 'गुड न्यूज'को प्रमोशन गर्न पुगेका थिए।
सो कार्यक्रममा उनीसँग करीना कपूर खान, कियारा आडवाणी र दिलजित पनि उपस्थित थिए। प्याजको एयरिंग भने करीना कपूरलाई दिइएको थियो तर उनले एयरिंगमा खासै चासो नदेखाएपछि अक्षयले आफ्नी पत्नीका लागि सो एयरिंग ल्याएर दिए ।
ट्विंकलले इन्स्टाग्राममा उपहार प्राप्त भएकोमा खुशी व्यक्त गर्दै लेखेकी छन् , "मेरो जीवनसाथीले कपिल शर्मामा फर्फम गरेर फर्किएपछि मलाई यो देखाउदै भने , उनीहरुले यसलाई करीनालाई देखाउँदै थिए तर मलाई लाग्छ कि उनी यसबाट इन्प्रेस भइनन् त्यसैले यो गिफ्ट तिम्रो लागि ल्याए, मलाई थाहा छ तिमिलाई यो मनपर्नेछ, कहिलेकाँही एक सानो र सामान्य चीजले तपाईंको मन छुन्छ , प्याजको एयररिंग सर्वश्रेष्ठ पुरस्कार।'
अक्षय कुमार कपिल शर्माको शोमा उनको आगामी फिल्म 'गुड न्यूज'को लागि पुगेका थिए। राज मेहता निर्देशित यो फिल्म डिसेम्बर २७ मा रिलीज हुनेछ। फिल्ममा अक्षय कुमारसँग अभिनेत्री करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्। फिल्म 'गुड न्यूज' बाहेक अक्षय कुमार चाँडै 'सूर्यवंशी' फिल्ममा देखा पर्नेछन्।
चलचित्र रिलिज हुनुपूर्व 'सौदा खरा खरा' गीतले धमाका मचाइसकेको छ । अक्षय कुमारले गुड न्यूजको गीत 'सौदा खरा खारा' मा नागिन नृत्य प्रस्तुत गरेका छन्। 'सौदा खरा खरा' गीतमा नागिन नाच्न एक भिडियो क्लिप हेरेपछि अक्षयले यस्तो आएको बताएका छन् ।
अक्षय कुमारले भने, 'म एउटा विवाहको भिडियो हेरिरहेको थिएँ, जसमा एउटा मान्छे दुलहीको सामुन्ने घोडामा नागिन नाच्दै बसिरहेका थिए । उनी र मबीचको भिन्नता यो हो कि उनी पिएर नाच्दै थिए भने मैले पिइन। भिडियोमा मैले देखें कि उनले एक मान्छेको घोडीमा बसेर एक रुपैयाँ खोसिरहेका थिए । मसँग त्यो भिडियो अझै छ। त्यो हेरेपछि मलाई लाग्यो कि मैले 'सौदा खरा खरा' गीतमा त्यस्तै केही गर्नुपर्नेछ।'
फिल्मको कथा आईवीएफ टेक्नोलोजीको अवधारणामा छ। करण जोहरको धर्मा प्रोडक्शन्सको ब्यानरमा निर्मित यस फिल्मको निर्देशन राज मेहताले गरेका छन्। भर्खरै रिलीज भएको यस फिल्मको ट्रेलर दर्शकहरूले धेरै मन पराएका छन्।