arrow

प्रेस युनियनको मेची अञ्चल भेला पाँचथरमा गरिने

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg
पाँचथर। नेपाल प्रेस युनियनको मेची अञ्चल स्तरीय भेला पाँचथरको फिदिममा सम्पन्न गर्ने निर्णय गरिएको छ । प्रेस युनियन शाखा पाँचथरको मंगलबार बसेको कार्यसमिति बैठकले बैशाख पाँच गते युनियनको मेची अञ्चल भेला गर्ने निर्णय गरेको हो ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्मा र भिष्मराज आङ्देम्बेको आतिथ्यतामा आयोजना गर्न लागिएको अञ्चल भेलाकै अवसर पारेर प्रेस युनियन शाखा पाँचथरको बार्षिक साधारण सभा समेत सम्पन्न गर्ने निर्णय गरेको हो । 
 
भेलामा मेची अञ्चल जिल्ला शाखा अध्यक्ष, सचिव र अञ्चल सदस्य लगायत युनियनमा आस्थावान अग्रज पत्रकारहरुको समेत उपस्थिति हुने युनियन शाखा पाँचथरका सचिव भीमकुमार बाँस्कोटाले जानकारी दिए  । बाँस्कोटाका अनुसार अञ्चल भेलाकै अवसर पारेर स्व. देवमान केरुङ स्मृति पत्रकारीता पुरस्कारबाट युनियन शाखा पाँचथरका सदस्य तथा केन्द्रिय पार्षद गिरिराज बाँस्कोटालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
 
नेपाली काँग्रेसका पाँचथर सभापती नरेन्द्रकुमार केरुङ, सिद्ध देबि मावि सिदनका प्रअ सुरेन शिशिर केरुङ र युवा समाजसेवी ज्ञानेन्द्र केरुङले दिवंगत भएका आफ्ना स्वर्गिय पिता देवमान केरुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका । युनियनको स्थापना दिवस वा बार्षिक साधारण सभाको अवसरमा प्रेस युनियन शाखा पाँचथरले प्रदान गर्ने उक्त पुरस्कारको राशि पाँच हजार पाँच सय ५५ रुपैँया रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ