अमेरिकी विषेश प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता
एएनआई,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
665
Shares
इस्लामावाद। अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ। विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीहरुलाई तालिबानी लडाकूहरुसँग भइरहेको शान्ति वार्ताको पछिल्लो अवस्था जानकारी गराएका थिए।
पाकिस्तानस्थित अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा विषेशप्रतिनिधि खलिलजादले पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी, प्रधानसेनापती क्वामर जाभेद बाज्वालगायतसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ। अमेरिकाले तालिवान लडाकूहरुसँग गरिरहेको शान्ति वार्ताको प्रगतिका बारेमा खलिलजादले उनीहरुलाई जानकारी गराएका थिए।
विषेशप्रतिनिधि खलिलजादले अफगानिस्तान र तालिबानी लडाकूको बीचमा सम्झौता गराउन लागेको र त्यसमा सहयोगको अपेक्षा गरेको पाकिस्तानी अधिकारीहरुसँग बताएका थिए। शान्ति वार्ता सफल भएमा यस क्षेत्रको आर्थिक तथा सुरक्षा मामिलामा हुने फाईदाका बारेमा पनि उनीहरुबीच छलफल भएको वक्तव्यमा जनाइएको छ। तालिबानी लडाकूहरुको तर्फबाट गत आइतबार तीन महिनापछि दोहामा वार्ता गर्ने घोषणा भएको थियो।