टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
430
Shares
अङ्कारा। टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्। हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए।
त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उनले घोषणा गरेका हुन्। सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुल शुक्रबार घोषणा गरेका हुन्। “यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उनले भने।
विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उनले बताए। देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
पूर्व विदेशमन्त्री समेत रहेका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए। उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए।