arrow

यसकारण होटल महासंघको महाधिवेशनमा प्रदेश १ र २ सहभागी नहुने

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
hotel-room.jpg

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको आशन्न महाधिवेशनमा प्रदेश एक र दुई सहभागी नहुने भएका छन् । महासंघको बुटवल भेला २०६७ देखिनै महासंघमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका एक नंबर प्रदेश महासंघका अध्यक्ष मणीन्द्र कट्वाल भन्छन् – संघिय संरचना अनुसार विधान संसोधन नगरिकनै गरिने महाधिवेशनको कुनै औचित्य छैन । 

संघिय संरचना अनुसार सातै प्रदेश महासंघहरूको छाता संगठनको रूपमा मात्र संघिय महासंघलाई स्विकार्न सकिने बताउँछन् प्रदेश दुईका अध्यक्ष हिरा गौतम । 

उनी भन्छन्, ‘ईकाई र जिल्ला संघ हरूको छाता संगठन भएर प्रदेश महासंघ स्थापित भैसकेको छ । अब संघिय महासंघले ईकाईहरूलाई सिधा आवद्धता गराउनु भनेको रकम संकलन गर्ने खेल मात्र हो ।’

 महासंघलाई नजिकबाट नियालिरहेका र बिभिन्न समयमा बिभिन्न जिम्मेवारीमा रही कार्य गरेका प्रदेश एकका रविन गौतम भन्छन् – प्रदेश महासंघलाई संघिय महासंघको आवश्यकता छ । तर हाल अधिवेशन हुने भनिएको महासंघले २०६७ सालको बुटवल भेला, २०६९ को प्रथम महाधिवेशन नेपालगञ्ज, २०७३ को दोश्रो महाधिवेसन चितवन हुंदै हालसम्म संकलन गरेको करोडौं रुपैयाँको पारदर्शी हिसाब देखाउन पटक पटक छानबिन समिति गठन गरेको भए पनि यथार्थ विवरण देखाउन सकेको छैन । 

सो रकमको अनियमिततालाई कथित महाधिवेशनबाट अनुमोदन गर्ने कुचेष्टा गर्दैछन् केही पदको लागी धुमिल राजनिति अभिष्ट चाहना हुनेहरू । हिजोका अपारदर्शी र धुमिल चरित्र हुनेहरूको फेर समातेर बैतर्नी तर्नको लागी रचिएको खेल मात्र सुर्खेत महाधिवेशन भएको आरोप पनि लगाइएके छ । 

प्रदेश एकका बरिष्ठ उपाध्यक्ष भबिश श्रेष्ठ भन्छन् –दिगो पर्यटन बिकास र ब्यबसायिक साझा समस्याहरूको नीतिगत संबोधन गर्नको लागी प्रदेश महासंघहरूको संगठन संघिय महासंघ अपरिहार्य छ । तर हालको महासंघ नाम मात्रको रहेको छ । 

न नीति छ न कार्ययोजना छ न कुनै निर्देशिका वा आचार संहिता केही नभएको त्यस्तो महासंघलाई आम ब्यबसायीहरूले कसरी स्विकार्ने ? भनी आरोप पनि लगाइएको छ । 

महासंघलाई आर्थिक सवल बनाउन कुनै आर्थिक नीति अवलम्बन नगर्ने अनि बैठकै पिच्छे विभिन्न बहानामा रकम मात्र माग गर्ने अधिवेशनको नाममा पटक पटक गरी करोडौं रकम संकलन गर्ने तर कुनै आयब्ययको कुनै पारदर्शी विवरण नदेखाउने र हिसाब माग्ने सदस्यलाई बिभिन्न लाञ्छना लगाउने एवं अपमानित शैलीमा प्रस्तुत हुने कथित नेतृत्वसंग आजित भएको बताउँछन् प्रदेश २ का संरक्षक सल्लाहकार बिजय झुन्झुन्वाला । उनी थप्छन्, –बिभिन्न छानविन समिति गठन गर्दै अलमल गरेर हिसाब नदेखाई टार्ने प्रवृतिको महासंघलाई यथास्थितिमा कुन अर्थमा स्विकार्ने ?

यस्तै होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईका महासचिव मोहन शर्माले पदका लागि हुने महासंघको अधिवेशनमा आफुहरु सहभागी नहुने बताए । 

प्रदेश दुईले ब्यबसायीहरूलाई प्रत्यक्ष सरोकार राख्ने बिषयमा बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ । उनीहरु भन्छन् –नीतिगत सहयोगका लागि संघिय महासंघ आबश्यक छ तर बर्तमान अबस्थाको नामको मात्र महासंघमा आबद्ध हुन नसकिने तर प्रदेश महासंघ हरूको छाता संगठनको रूपमा स्थापित हुने नीति पारित गरेर पारदर्शि ढंगले सहकार्य गर्ने हो भने महासंघ निर्माणमा हामी पनि संगै रहने छौं । 

दमक क्षेत्रीय होटल संघका अध्यक्ष राजन दंगाल भन्छन् –ईकाई संघ हरूको संगठन जिल्ला र जिल्ला संघहरूको छाता संगठन प्रदेश महासंघ गठन गरेर काम गरिरहेको बेला संघिय महासंघमा सीधा आवद्ध हुनुको कुनै अर्थ छैन । संघिय महासंघ अपरिहार्य छ त्यसको गठन प्रकृया सातै प्रदेश महासंघका नेतृत्व तहका साथिहरू बसेर तयार गर्नुपर्छ । 

वरिष्ठ कलाकार राखेपका पूर्व सदस्य सचिव एवं वरिष्ठ पर्यटनकर्मी प्रदेश २ महासंघका संरक्षक सल्लाहकार युवराज लामा भन्छन् – संघिय महासंघले आफ्नो अस्तित्व नै बुझ्न सकेन । करोडौं अर्बौं लगानी गरेर राज्यलाई ठूलो मात्रामा कर तिर्ने र ठूलो संख्यामा रोजगार सिर्जना गर्ने हामी लाखौं ब्यबसायीहरूको हक हित, सुरक्षा, सुबिधा, चुनौती र कानुनी जटिलता हरूमा प्रत्यक्ष सरोकार राखेर सरकार संग निति निर्माण तहमा लागि पर्नु पर्ने महासंघ समय समयमा संकलन गरिने लेवि र महाधिवेशनमा संकलन गरिएको रकमको पारदर्शी हिसाब दिन नसकेर अल्झेको देख्दा लाज लाग्छ । 

पर्यटन बोर्डसंग बार्षिक पांच करोडसम्मको कार्यक्रम गर्ने गरी पञ्च बर्षिय सम्झौता गरियो तर पहिलो कार्यक्रमको लागि लिएको दश लाखको पारदर्शी  हिसाब दिन नसकेर सम्झौता कार्यन्वयन हुन नसकेको सम्झिँदा पनि मन अमिलो हुन्छ । 

त्यसकारण यथास्थितिमा त्यस महासंघमा प्रदेश महासंघ आवद्ध हुनुको तार्किक अर्थ छैन । महासंघले पुस ४ र ५ गते सुर्खेतमा हुने महाधिवेशनका लागि संस्था नबिकरण तथा सदस्यताको लागि सबै प्रदेशमा पत्र पठाईएको भए पनि प्रदेश एक र दुईले सदस्यता नलिएको अवस्थामा अधिवेशनमा सहभागी हुन नमिल्ने तर सबै प्रदेश महासंघ एउटै छातामुनि आबद्ध भै ब्यबसायिक हित र एकताका लागि राज्यको निति निर्माण तह सम्म प्रत्यक्ष पहुच राखि ब्यबसायी मैत्री नीतिनिर्माण गर्न सक्ने गरी र होटलले खरिद गर्ने बिभिन्न उत्पादन कम्पनिहरूसंगको नीतिगत सहकार्यको लागि एक्यबद्धता जनाउन सक्ने गरी संघिय महासंघ स्थापित हुने हो भने संघिय महासंघ अति आबश्यक छ र प्रदेश महासंघले आबद्ध हुनु पनि पर्छ भन्छन् होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईका वरिष्ठ उपाध्यक्ष उदय सापकोटा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ