arrow

कृषिमा हरि : एक हरिको ताण्डव, अर्का हरिको रुवावासी

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
hariko-katha-new.jpg.jpeg
काठमाडौं । नेपाल कृषि प्रधान देश । अझ भनौं व्यवहारमा जे भएपनि,  कागजी रुपमा अधिकांशको पेशा कृषि नै हुन्छ । सरकारले लिने तथ्याङकहरुमा अन्य कुनै पेशामा आवद्ध नागरिकले समेत पेशा कृषिमै चिन्ह लगाउने चलन हटेको छैन । यद्यपि, नेपालको उत्पादनले माग धान्न सक्दैन । उपत्पादित बस्तुहरु निर्यात गर्ने कुरामा नेपाल अझै अग्रसर भइसकेको छैन ।
 
आयात बढी हुने भएपनि विभिन्न बाधा व्यवधान कायमै छन् । कृषिको आधुनिकिकरणको लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने बाहेक प्रगति भएको देखिँदैन । सरकारी निकाय कृषि मन्त्रालय कृषिको आधुनिकिकणका लागि गर्नुको साँटो मन्त्रिकै चर्चा थेग्न सकिरहेको छैन । वर्ष २०७२ कृषि क्षेत्रका लागि समग्रमा राम्रो रहेन । भूकम्पले क्षतविक्षत भएपछि कर्यौ किसानको उठिवास भएका कारण किसान मर्कामा परे ।
 
यस्तै, समयमै पानी नपर्ने अथवा सिंचाईको राम्रो प्रबन्ध समेत हुन सकेन । त्यति मात्र होइन नाकाबन्दी र मधेस आन्दोलनका कारण किसानले समयमा मल र विउविजन पाएनन् । यस्तै, इन्धन अभावले कतिपय प्रशोधन कारखानाहरु समेत बन्द रहे भने, सिंचाई आयोजनाको निमार्ण कार्य समेत रोकिए । प्रशासनिक रुपमा कृषि मन्त्रालयमा मन्त्रीहरुकै चर्चाले सोचे अनुरुप काम हुन सकेन । 
 
एक हरिको ताण्डव, अर्का हरिको रुवावासी 
वर्ष २०७२ मा दुई कृषि मन्त्री चर्चामा रहे । दुवै हरि नाम गरेकै व्यक्तिले कृषि मन्त्रालय पाए । सुशील कोइराला नेतृत्वको सरकारको पालाका कृषिमन्त्री हरिप्रसाद पराजुली असारे १५ को धान रोपाइँको ताण्डवबाट चर्चामा आए भने । केपी शर्मा ओलीको वर्तमान सरकारका कृषिमन्त्री हरिबोल गजुरेल नेपाली चलचित्र प्रिमियर शोबाट बाहिरिएपछि क्वाँ क्वाँ रोएर चर्चामा आए । 
 
हरेक वर्ष झै वर्ष २०७२ को असार १५ मा धान दिवसको अवसर पारी काठमाडौंको बुढानिलकण्ठमा भएको रोपाइँ कार्यक्रममा तत्कालिन कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लाग्यो । सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनले रोपाइँमा देखाएको ताण्डपको तस्वीर र  भिडियो छ्याप्छ्याप्ती भएपछि मन्त्री पराजुली निकै विवादित र आलोचित भए । अन्ततः उनको मन्त्री पद नै चैट भयो । हुन त पछि सम्म पनि उनी तत्कालिन गृहमन्त्री बामदेव गौतमको आडमा मन्त्रालय गइरहने गरेको चर्चा सुनिन्थ्यो । उनको चर्चा विस्तारै सेलायो । सुशील सरकार समेत ढल्यो । फेरि केपी ओलीको सरकारमा समेत कृषि मन्त्रालय हरिकै नाममा रहयो ।  
 
कृषिमन्त्री हरिबोल गजुरेल दयाहाङ राई अभिनित चलचित्र ‘राहदानी’ को प्रिमियर ‘शो’ हेरेपछि बाहिरिएदैं गर्दा संचारकर्मीले सोधिहाले फिल्म कस्तो लाग्यो मन्त्रि ज्यू ? जवाफमा विदेशमा नेपाली युवाहको नभन्दै मन्त्री गजुरेल डाको छोडेर रुन थाले । यो रुवाई चर्चामा रह्यो । चैत ११ गते वैदेशिक रोजगारीको विषयलाई कथा बनाएको चलचित्र हेरेर संचारर्मीलाई प्रतिक्रिया दिने क्रममा मन्त्री गजुरेल क्वाँ क्वाँ रोएका थिए । उनी रोएको भिडियो सामाजिक संजालमा निकै चर्चामा आइरहेको छ । 
 
मन्त्रीको चर्चा र मन्त्रालयका काम  
वर्तमान कृषि मन्त्री गजुरेलको रुवाबासीपछि अधिकाशंले मन्त्रीले रुने कि काम गर्ने भनेर टिप्पणी गरे । तर, मन्त्रालय अटेरी विद्यार्थी जस्तै गृहकार्य (होमवर्क) नै नगर्ने परेको छ । संसदको कृषि तथा जलस्रोत समितिले कृषि विकास मन्त्रालयलाई आफैले तय गरेको लक्ष्य अनुरुप पनि प्रगति गर्न नसकेको भन्दै लक्ष्य अनुरुप काम सम्पन्न गर्न विशेष तदारुकताका साथ लाग्न निर्देशन दिएको छ । 
 
मन्त्रालयको कार्यप्रगतिको अवस्था सन्तोषजनक नदेखिएपछि लक्ष्य अनुरुप काम सम्पन्न गर्न, प्रत्येक कार्यक्रम र आयोजनाको कार्यन्वयन कार्यतालिका निर्माण गरी, सोको प्रभावकारी अनुगमन गर्न र प्रगति प्रतिवेदन समितिमा पेश गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिमा आएर विभिन्न योजना र लक्ष्य पेश गर्ने तर त्यसको प्रगति लक्ष्य अनुरुप नगर्ने प्रवृतिबाट आजित भएको गगन थापा नेतृत्वको समितिले मन्त्रालयलाई फेरि गृहकार्य दिएर पठाएको छ । यस क्रममा समितिले १० बुँदे निर्देशन समेत दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ