arrow

चोरीको कारसहित मालसमान बरामद

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
car2.jpg

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र पुनर्वासमा चोरीपैठारीको कारसहित अबैध मालसमान बरामद गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास स्थित विभिन्न सीमावर्ती स्थानबाट कार , लत्ता कपडा र दलहन बरामद गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले शनिबार जनाएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलिले पुनर्वास नगरपालिका ११ स्थित डोकेबजारबाट शनिबार यु पि १४ एपि ४४५६ नम्बरको रातो कार बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका कार्यवाहक इन्चार्ज प्रहरी नायव निरीक्षक गोपाल बोहराले बताए ।  शनिबारनै प्रहरीले पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँ बाट ३ क्विन्टल चना बरामद गरेको प्रहरी नायव निरीक्षक बोहराले बताए ।

पछिल्लो समय भारतीय  बजारबाट अबैध चोरीपैठारी नियन्त्रणमा प्रहरीले सकृयता बढाएको छ । पुनर्वासको डोकेबजारबाट ६० थान १ लाख ५० हजार मूल्य बराबरको साडी बरामद गरि कैलाली भन्सार कार्यालय बुझाएको प्रहरी नायव निरीक्षक बोहराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ