arrow

रोल्पामा फोटो सहितको मतदाता नामावली संकलन कार्य सकियो

logo
कविता उाध्याय,
प्रकाशित २०७२ चैत ३० मंगलबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा।  जिल्ला निर्वाचन कार्यालय रोल्पाको चैत ८ गतेदेखि संचालनमा रहेको फोटो सहितको मतदाता नामावली संकलन तथा अद्याबधिक विशेष कार्यक्रम  मंगलबारदेखि सम्पन्न भएको छ । निर्वाचन आयोगको घोषित नीति तथा कार्यक्रम अन्तर्गत विगतका वर्षहरुमा जस्तै यस वर्षपनि फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम निर्वाचन क्षेत्र नं २ अन्तर्गतका २६ वटा गाविसमा संचालन गरिएको हो । उक्त कार्यक्रममा १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।
 
यसरी नामावलीमा नाम दर्ता गराउँदा वा पहिले नै नाम दर्ता गराएका ब्यक्तिहरुले पनि  नामावलीमा कुनै किसिमको त्रुटी भए सच्याउन सकिने जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख गिरिराज ज्ञवालीले बताए । ज्ञवालीका अनुसार करिव २३ वटा गाविसको रिपोर्ट निर्वाचन आयोगमा पठाइसकिएको छ ।  फोन सम्पर्क हुन नसक्दा एउटा गाविसको रिपोर्ट आउन बाँकी छ भने अन्य २ वटा गाविसको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सकिनेछ ।
 
नामावलीमा नाम संकलन गर्ने कार्यक्रम अन्तर्गत विदेश गएका वा नामावलीमा नाम दर्ता गराउन नचाहने केही ब्यक्तिहरु छुट्न सक्ने भएपनि अन्य सबैको नाम दर्ता भइसकेको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको सेवाग्राहीहरुले बताएका छन् ।  कुनै कारणवश नामावलीमा नाम दर्ता गराउन नसकेका वा छुटेका अन्य सबै ब्यक्तिहरुले सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालय रोल्पामा अफिस समयभित्र बिदाका दिन बाहेक जतिवेला पनि आफ्नो नाम दर्ता गराउन सकिने ज्ञवालीले बताए ।
 
 नामावली संकलन कार्यक्रममा गाविसमा कार्यरत सामाजिक परिचालकहरुलाई निर्वाचन शिक्षा कार्यकर्ता एवम् गाउँ विकास समितिका सचिवहरुलाई सहायक नामदर्ता अधिकारीको रुपमा नियुक्ति दिई परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायव सुब्बा मानबहादुर कुँवरले जानकारी दिए  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ