arrow

सकेन रियालले बार्सिलोनालाई उछिन्न, भयो यस्तो 

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
benjima.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लिग लिडर बार्सिलोनालाई उछिन्न असफल भएको छ । आइतरबार रातिको खेलमा भ्यालेन्सियासंग बराबरी खेलेपछि बार्सिलोनामाथि अग्रता बनाउन असफल भएको हो । 

भ्यालेन्सियाको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । हारको नजिक पुगेको रियालका लागि करिम बेन्जिमाले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे ।

भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट अग्रता लिएको थियो ।

जितको सट्टा बराबरी गर्न नै सकस भएपछि रियाल मड्रिड बार्सिलोनासंग गोल अन्तरका आधारमा पछाडि परेको छ । 

अन्य खेलके नतिजा
गेटाफे २–० रियाल भल्लाडोलिड
सेल्टाभिगो २–२ मयोर्का
स्पानियोल २–२ रियाल बेटिस
सेभिया १–२ भिल्लारियल

अंक तालिका
बार्सिलोना १६ खेलबाट ३५ अंकसहित शीर्ष, १६ खेलबाट ३५ अंकबाटै रियाल मड्रिड दोस्रो स्थानमा, १७ खेलबाट ३१ अंकसहित सेभिया तेस्रो र ३० अंकसहित गेटाफे चौथो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ