काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लिग लिडर बार्सिलोनालाई उछिन्न असफल भएको छ । आइतरबार रातिको खेलमा भ्यालेन्सियासंग बराबरी खेलेपछि बार्सिलोनामाथि अग्रता बनाउन असफल भएको हो ।
भ्यालेन्सियाको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । हारको नजिक पुगेको रियालका लागि करिम बेन्जिमाले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे ।
अंक तालिका
बार्सिलोना १६ खेलबाट ३५ अंकसहित शीर्ष, १६ खेलबाट ३५ अंकबाटै रियाल मड्रिड दोस्रो स्थानमा, १७ खेलबाट ३१ अंकसहित सेभिया तेस्रो र ३० अंकसहित गेटाफे चौथो स्थानमा छ ।