arrow

नेपालीको शिर झुकाउने एक काण्ड : खेल मिलेमतो (म्याच फिक्सिङ्ग)

प्रहरी के भन्छ ?

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
sport-mach-fix-.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली फुटबल खोक्रो पार्न भएको भित्रि रहस्य वर्ष २०७२ मै खुल्यो । खेलाडी नै खेल मिलेमतोमा संलग्न रहेको रहस्य खुलेन मात्रै प्रमाणित भएर अभियोगि पाँचैलाई आजीवन प्रतिबन्ध लाग्यो । एसियन फुटबल महासंघ एएफसीले आजीवन खेल प्रतिबन्ध लागेका नेपाली पाँच खेलाडीले मिलेमतो गरेका खेल गतिविधि समेत सार्वजनिक गरिदिएपछि खेलाडीको हर्कत सतहमा आयो । एएफसीले अनुशासन कमिटीको प्रतिबन्धमा परेका सागर थापा (तत्कालिन कप्तान), रितेश थापा, सन्दिप राई र बिकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीले मिलेमतो गरेका खेल गविविधि सार्वजनिक गरेको थियो । 
 
त्यसअघि एएफसीले मंसिर १८ गते नै पाँचै जनालाई आजीवन प्रतिबन्ध लगाएपछि नेपाल र नेपालीको शिर निहुरीयो । त्यति मात्र नभई नेपाली टोली नै सम्हाल्ने कप्तान तथा प्रशिक्षक नै संलग्न भएपछि नेपाली फुटबलको इज्जत त धुलोमै मिल्यो । 
 
पाँच फुटबलर मध्ये सागर र रितेश बढी सक्रिय देखिए । थापाद्वयले २००८ अक्टोबर १७ तथा २००९ डिसेम्बर ९ मा अफगानिस्तान, २०११ अक्टोबर ११ मा फिलिपिन्सविरुद्धको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेल र २०११ कै अक्टोबर १५ मा मलेसियाविरुद्ध २३ वर्ष मुनिको प्रतियोगितामा मिलेमतो गरेको एएफसीको ठहर छ । यस्तै, राई अफगानिस्तान र फिलिपिन्सविरुद्धको मत्रीपूर्ण फुटबल र मलेसियाविरुद्धको २३ वर्ष मुनिको प्रतियोगिता मिलेमतोमा दोषी ठहरिए ।  
 
क्षेत्री अफगानिस्तान र मलेसियाविरुद्धको खेल मिलेमतोमा संलग्न रहेका र अन्जन अफगानिस्तानविरुद्धका दुई मैत्रीपूर्ण फुटबलमा संलग्न रहेको सार्वजनिक भयो । कमिटीले अनुशासन नियम ६२ / ७९ अनुरुप दोषी ठहर गर्दै त्यसअघिनै आजीवन प्रतिबन्ध लगाएको थियो । 
 
प्रहरी के भन्छ ? 
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अन्जन के.सी. समेत भएको राज्य विरुद्धको कसुर अपराध मुद्दामा प्रतिवादी नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरु विकास सिंह क्षेत्री, अन्जन केसी तथा नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरु सन्दिप राई र रितेश थापाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरीगई अवैध अन्तर्राष्ट्रिय एजेन्टहरुसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरुको स्वाभिमान र आत्मसम्मानमा चोट  पुर्‍याउने उद्देश्यले म्याच खेल मिलेमतो (म्याच फिक्सिङ्ग) गरी अन्तर्राष्ट्रिय फुलबल खेल हार्ने योजना बनाई कुख्यात एजेन्टबाट वेष्टर्न युनियन मनी ट्रान्सफर, साइबर मनी ट्रान्सफर समेतमा रकम हाल्न लगाई निजहरुले निकाली भागवण्डा गरी लिई, खाई खेल खेली हार्ने गरेको राज्यविरुद्धको कसुर अपराधमा अनुसन्धानको सिलसिलामा मिति २०७२–०६–२७ गते पक्राउमा परी दाखिला भएका विकास सिंह क्षेत्री, अन्जन केसी, सागर थापा, सन्दिप राई र रितेश थापालाई राज्य विरुद्धको कसुर अपराध मुद्दामा आवश्यक अनुसन्धान कारवाहीको लागि असोज २८ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको थियो । विशेष अदालतमा राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा खेपिरहेका उनीहरु कार्तिक २४ गते धरौटीमा रिहा भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ