arrow

बुलेट दुर्घटनामा चालकको मृत्यु

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
gass-bullet .jpg.jpeg
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा आज भएको ग्यास बुलेट दुर्घटनामा एक भारतीयको मृत्यु भएको छ । दाउन्ने ओरालोमा ग्यास बुलेट दुर्घटना हुँदा बुलेट चालक भारत बिहारका २३ वर्षीय नगेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 
 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज २२ ४१ नम्बरको विङ्र जिप र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एचआर५५एम ८८६७ नम्बरको भारतीय बुलेट एक आपसमा ठक्कर खादाँ सो दुर्घटना भएको थियो । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ