काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले नयाँ वर्ष–२०७३ को उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छन् । नेत्री कोइरालाले आज विज्ञप्ती जारी गर्दै राष्ट्रको निरन्तर समुन्नती समृद्धिका साथै देश विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सुखद शान्ति एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिन् ।
सुजाताले नयाँ वर्ष नयाँ योजना नविन सोच र नविन विचारसहित उमङ्गसाथ मनाउन सम्पूर्ण दिदिबहिनी दाजुभाईलाई आग्रह समेत गरेकी छन् । विज्ञप्तीमा २०७२ साल नेपाली पात्रोमा एक ऐतिहासिक र महत्वपूर्ण वर्षको रुपमा रहेको र विपी कोइरालाको सपना साथै गिरीजाप्रसाद कोइरालाले विस्तृत शान्ति सम्झौतामा ल्याएर खेलेको भूमिकामार्फत संविधान निर्माण भएको बताइन् ।
यस्तै भूकम्पले ठूलो धनजनको क्षति व्यहोरेका हामी अन्त्यमा एक भएर संविधान निर्माण गर्यौँ त्यसरी नै अब भूकम्पले पुर्याएको क्षतिको पुननिर्माणका साथै संविधान कार्यान्वयन गरेर देशलाई विकासको बाटोमा अगाडि लैजानुपर्ने सुनाइन् ।