arrow

जी–७ द्वारा जारी वक्तव्यप्रति चीनको आलोचना

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
g7.jpeg.jpeg
बेइजिङ (चीन)। चीनले जी–७ राष्ट्रका विदेशमन्त्रीद्वारा ‘साउथ चाइना सी’मा टापु निर्माण योजना सम्बन्धमा चीनमाथि लक्षित गरी जारी गरेको वक्तव्यको कडा शब्दमा आलोचना गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले मङ्गलबार चिनियाँ भूगोल पुनः प्राप्ति सम्बन्धका बारेमा जी–७ राष्ट्रको भनाइप्रति आलोचना गर्दै जी–७ राष्ट्रद्वारा विश्व अर्थतन्त्र सुरक्षार्थ गरेका कार्यको विरोध गर्नु दुःखद भएको बताए । 
 
लुद्वारा जारी विज्ञप्तिमा जी–७ राष्ट्रले तटवर्ती विषयमा प्रचार गरेर यस क्षेत्रमा तनाव बढाउनु बेठिक हुने भन्दै यस निर्णयबाट चीन अत्यन्त असन्तुष्ट बनेको बताइएको छ । 
 
क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिकालगायत युरोपेली युनियनका विदेशमन्त्रीद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति सोमबार जारी गर्दै चीनको साउथ चाइना सीमा टापु निर्माण गर्ने कार्यक्रम भयङ्कर बलपूर्ण र उत्तेजनात्मक एकतर्फी कार्य भएको भन्दै यसले उक्त क्षेत्रमा थप तनाव सिर्जना गर्ने भन्दै चीनलाई सिधै उल्लेख नगरिकन विरोध जनाएका थिए । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ