arrow

हुलाकी सडकको म्याद सकिएपनि निर्माण कार्य सकिएन

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ पुष १ मंगलबार
hulaki1.jpg

धनगढी । निर्माणधीन हुलाकी सडकको म्याद सकिएको छ । निर्माण गर्ने समय सकिएको भएपनि सडक अझै पुरा निर्माण हुन सकेको छैन । पहिलो पटकको लागि आठ महिना समय थप भएको छ । तर यो समयमा पनि निर्माण हुने सम्भावना भने न्यून छ । क्यापस चोकदेखि महोना पुलसम्मको छ दशमलब पाँच किलोमिटर बाईपास सडक निर्माण कार्य एक महिना देखि रोकिएको छ । जसले गर्दा थपिएको आठ महिना सम्म पनि सडक निर्माण हुने सम्भावना अत्यन्त कम छ ।

कैलालीको कटैनी नदीदेखि कान्द्रा नदीसम्मको १८ किलोमिटर हुलाकी सडक खण्डको काम अझै पुरा हुन सकेको छैन । कञ्चनपुरको पूर्वी सीमा डोकेबजार देखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजी बजारसम्म निर्माण भैरहेको यो सडक ६२ किलोमिटर लामो छ । तीन प्याकेजमा बाँडेर निर्माण भैरहेको कञ्चनपुर हुलाकी सडकको निर्माण कार्य आगामी चैत महीना सम्म म्याद थप भएको हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले बताए ।

उनले कैलालीमा भएको १८ किलोमिटर सडकको म्याद थप भएर कार्तिक मसान्तसम्म रहेको हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी मडैले बताए । कैलालीकै बसन्ता वन क्षेत्र भित्र निर्माण गर्ने भनिएको दुई किलोमिटर सडक अझैसम्म सुरु हुन सकेको छैन । बसन्ता वनको रुख कटानीको सुकीत प्रक्रियामै रहेकाले एक-दुई महिना लाग्ने हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी मडैले बताए ।

उनले क्याम्पस चोक देखि मोहना पुल सम्मको बाइपास सडकको काम भइरहेको जानकारी दिए । उनले दुई वटा पुलको डिजाइ भएर पुल महाशाखाले सुकित गर्ना साथ ठेक्का भएर काम अगाडी बढने बताए । उनले अहिले सम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।सडक निर्माण पुरा नहुदा दुर्घटनाको जोखीम बढी रहेको स्थानीयहरु बताउछन् । सडक बनेपनि गिटीले गर्दा आवत जावतमा समस्या भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्थानीय जनक सिह सामनतले बताए ।

सडकमा हालेको गिटी पनि नफैलाउदा दुर्घटना हुने गरेको उनले बताए । धनगढीको क्याम्पस चोक देखि मोहना पुल सम्म बाईपास सडक निर्माण कार्यमा दुई वटा पुल निर्माण नहुदा धेरै समस्या भएको स्थानीयको गुनासो छ । वडा नम्बर १ र ८ जोडने पुल नबन्दा बालबालिकालाई स्कुल जान बजार गुमेर जानुपर्ने बाध्यता रहेको धनगढीकै अर्का स्थानीय विजय खडकाले बताए । उनले समयमै सडक निर्माण नहुदा वर्षादको समयमा आवत जावत गर्न सारै समस्या हुने गरेको दुखेसो गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ