arrow

हनुमानले पुच्छरमा बाँधेर दण्ड दिएका शनीले कसरी पाए माफी ?

तपाइको जीवनमा किन महत्व छ शनीको ?

logo
नामको महिमा ६
प्रकाशित २०७६ पुष १ मंगलबार
sani-hanuman1.jpg

काठमाडौं । सूर्य पुत्र शनीलाई कर्मफलका दाता मानिन्छ । सूर्यदेवका पुत्र भएर पनि शनीदेवको सम्बन्ध बाबुसँग राम्रो थिएन । त्यसैकारण शनीलाई पितृ शत्रु पनि मानिन्छ । शनी देवलाई आफ्नो प्रभुत्त्वको धेरै अभिमान थियो। देवता-दानव र ऋषि-मुनीहरु पनि शनीको प्रकोपबाट भयभीत रहन्थे कुनै पनि अनिष्ट नहोस भनेर ।

एकपटक शनी आफ्नो प्रभाव जताउनका लागि राम भक्त हनुमान भएको ठाँउमा पुग्छन् । सो समय हनमान भगवान् को नाम सुमिरण गरिरहेका थिए । शनी देव हनुमान बसेको स्थानमा पुगेर उनलाई मल्ल-युद्धको लागि  चुनौती दिन थाले। जब शनीले पटकपटक उनलाई युद्धको लागि उत्तेजित गरे तब हनुमान भन्छन्, 'शनीदेव ! कृपया मलाई भगवानको भजन गर्न दिनुहोस । तपाईले युद्ध गर्नको लागि धेरै देव दानव छन् तपाई उनिहरुसँग गएर युद्ध गर्नुहोस ।'

तर हनुमानको यस विनम्रतालाई शनीले विपरीत भावमा लिए । शनीदेवले सम्झिए सायद हनुमान कमजोर छन् र मसँग भयभित भए। यसकारण शनी देव हनुमानलाई अझ धिक्कार्न थाले । शनीको यस धृष्टतालाई देखेर हनुमान पनि शनीलाई ललकार्दै उनिसँग युद्ध गर्न थाले । हनुमानजीसँग नामको भरोसा थियो। शनीले आफ्नो खुब ताकत लगाए, तर नाम सुमिरण गर्ने हनुमानको अघि उनको केहि सिप चलेन । आफ्नो  पुच्छरमा शनीलाई कसेर, हनुमानजीले एक पहाटबाट अर्को पहाड, एक पर्वतबाट अर्को पर्वत बजार्दै कुद्न थाले । शनी साह्रो-साह्रो कराउन थाले तथा हनुमानसँग क्षमा याचना गर्न थाले ।

शनीले दयाको भीख माग्दै र दु:खले कराउदै गरेको देखर हनुमानमा करुणा जाग्यो। उनले शनीलाई सोधे-'पहिले तिमि बचन देउ कि अब कहिले पनि तिमि भगवानको नाम-सुमिरण गर्ने वाला भक्तलाई कुनै प्रकारको कष्ट दिने छैनौ , तब म तिमिलाई क्षमा गर्नेछु।' शनीले हनुमानसामु वचन दिए, तब उनले क्षमा गरे, मुक्त गरे । शनीको हड्डी-छाला उप्किएको थियो । घटनामा अधिक चोट लागेकाले रगत निस्किरहेको थियो । यसकारण शनीले हनुमानसँग आफ्नो लागि केहि तेल मागे, जसलाई लगाएर मालिश गरेसँगै उनी तत्कल ठीक भए। यसपछि शनीदेवको पूजामा शनीलाई तेल दिने गरिन्छ ।

शनी ग्रहको सम्बन्धमा धेरै भ्रमहरू छन्, त्यसैले अशुभ र दु:खी मानिन्छ। ज्योतिषीहरू पनि उनलाई दुख दिने चित्रण गर्छन् । तर शनी भनिएको जस्तो अशुभ र घातक भने छैनन् । यसकारण उनलाई शत्रु नभएर मित्र मान्न सकिन्छ ।शनीले प्रकृतिमा सन्तुलन सिर्जना गर्दछन् र हरेक जीवितलाई उचित न्याय प्रदान  गर्दछन्। जसले अनुचित असमान र अप्राकृतिक पक्षलाई शरण दिन्छन्, शनीले मात्र उनीहरूलाई सताउँछन्, यातना दिन्छन्। शनी अनुराधा नक्षत्रका स्वामी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ