- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। एक पटक महात्मा कबीरको कुटीमा केहि मानिस एक कुष्ठ रोगीलाई लिएर आए । कबीर एक उच्च सन्त रहेको र उनले रोगीलाई निरोग गर्नेछन् भन्ने भावले उनीहरू कबीरको कुटी पुगेका थिए । संयोगवश कबीर त्यहि दिन कहि बाहिर गएका थिए ।
कुटीमा उनकी धर्मपत्नी लोई थिइन्। लोईले उनीहरुलाई आउनुको कारण सोधिन् । उनले कुष्ठ रोगीलाई भगवानको नामको उपदेश दिएर तीन पटक नामको सुमिरण गरिन्। नामको सुमिरणबाट कुष्ठरोगीको कुष्ठ तत्काल समाप्त भयो र सबै मानिस 'धन्य-कबीर', 'धन्य कबीर' भन्दै आफ्नो गृहतर्फ प्रस्थान गरे ।
बाटोमा महात्मा कबीरले ती मानिसहरुलाई भेटाए। कबीरदासले घर आएर लोईलाई सोधे -,'के कोहि मलाई भेटन आएका थिए ? लोईले सबै समाचार सुनाउदै भनिन्, 'हे स्वामी ! मैले त्यस कुष्ठरोगीलाई मात्र तीन पटक नामको स्मरण गराए र नामको प्रतापबाट उसको कष्ठ तत्काल हट्यो ।'
यति सुनेपछि कबीरले लोईलाई दुई थप्पड हाने। लोई भुइमा गिरिन् र बेहोश भइन्। होशमा आएपछि उठेर कबीरको चरणमा प्रणाम गर्दै भनिन् , 'नाथ ! यति त म बुझ्छु कि मैलै अवश्य कुनै गल्ती गरेको छु, तर म जान्न चहान्छु कि त्यो गल्ती के हो ? दया गरेर मलाई मेरो गल्ती बताउने कष्ट गर्नुस, जसको सुधार गरेर भविष्यमा मबाट कुनै गल्ती नहोस।'
कबीरले भने लोई, 'गल्ती त तिमिले यस्तो गरेकी छौ कि तिम्रो सिर काटे पनि कम नै हुन्छ, तर तिमिले मेरो सेवा गरेकी छौ, यसकारण म तिमिलाई क्षमा गर्छु । के तिमिलाई नाममा विश्वास छैन । अरे पगली ! कुष्ठीको रोग त मात्र एकपटक नाम सुमिरणबाट पनि हट्थियो, फेरी तिमिले रोगीलाई 'तीन-तीन पटक' रोग हटाउन नामको सुमिरण किन गर्यौ ?'
लोईले नतमस्तक भएर कबीरसँग पुनः क्षमा याचना गरिन् । तथा मन मनै कबीरको नामप्रतिको विश्वासको सराहना गरिन्। वास्तवमा प्रत्येक साधकले नाममा यस्तै विश्वास हुनुपर्छ जस्तो कबीरलाई थियो । यसकारण भनिएको पनि छ-
जाकी गाठी नाम है. ताकी है सब सिद्धि ।
कर जोड़े आगे खड़ी, अष्ट सिद्धि नव निधि ।।"