arrow

उजुरी परेपछि ग्यासको मुल्य केही घट्यो, पूरै घट्न बाँकी  

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
oli-price.jpg

तम्घास । विगत लामो समयदेखि गुल्मीमा ठग्दै आएका व्यापारीले उजुरी परेपछि ग्यासको मुल्यमा कमी गरेका छन् । नेपाल आयल निगमले तोके भन्दा बढी मुल्यमा ग्यास बिक्री हुँदै आएकामा उजुरी दिएपछि भने मुल्य घटाइएको हो । 

नेविसंघका नेता सन्तोष पाण्डे लगायतले आयल निगमले तोकेभन्दा बढी मुल्यमा बिक्री भएर कानुनी बाटो लिएर अगाडि बढ्ने बताएपछि अहिले मुल्य घटाइएको हो । 

नेपाल आयल निगमले पोछिल्लो पटक २०७६ साल असोज ३ गते मुल्य घटाएसंगै पहाडी क्षेत्रमा प्रति सिलिन्ड रु १३५० खुद्रा मुल्य तोकिएको थियो । 

तर गुल्मीको सदरमुकाम तम्घासमा १४५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। 

उजुरी दिएपछि केही मुल्य घटाएर १४०० पुर्याइए पनि अझै बढेको पूरै रकम भने घटाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ