arrow

डोटीमा जिप दुर्घटना, ६ जनाको मृत्यु, मृत्यु हुनेमा ३ महिला ३ पुरुष (अपडेट)

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
Doti-hamrakura.jpg.jpeg
डोटी । डोटीको जिजोडामाण्डौं गाविस - ३ मा बोलेरो जिप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रातिको समय भएकाले मृतकको सनाख हुन नसकेको प्रहरीको भनाई छ । मृतक ६ जनाकाे शव एकै ठाउँमा राखि सकिएको बताइएको छ । रातिको समयमा जिप कम्तिमा पनि ५ सय मिटर तल खसेकाले उद्धारमा समयस्या भएको र टर्चले खोज्नु पर्ने अवस्था रहेको उद्धाएमा खटिएको प्रहरी टोलीले जनाएको छ । 
 
घाइते मध्ये ६ जनालाई राजपुस्थित सुजङ अस्पताल लगिएको र अन्यको खोजी भइरहेको उद्धार टोलीले जनाएको छ । जिपमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीको भनाई छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार उद्धारका  दिपायलबाट गएको टोली घटनास्थलमा पुगेको छ । कच्ची बाटोमा दुर्घटना भएको जीप खोलामा खसेको र रातिको समय भएका कारण घटनाको विवरण आउन नसकेको बताइएको छ । जिपमा भारतबाट नयाँ वर्षको विसु तिहार मनाउन आएकाहरु सवार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ