arrow

नेपाल एयरलाइन्सले पायो मष्ट पपुलर एयरलाइन्स अवार्ड

logo
प्रकाशित २०७६ पुष २ बुधबार

काठमाडौं । नेपाल वायु सेवा निगमले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ । ‘एयरलाइन्स कृटिज एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु‍र्याए बापत सोे पुरस्कार प्रदान गरेको हो । 

एशोसिएसनद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो पुरस्कार ग्रहण गरे । एशोसिएशनले अन्तर्राष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुर्याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट अवार्ड जित्न सफल भएको निगमका सहप्रवक्ता सुुलेख मिश्रले जानकारी दिए ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षा, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो पुरस्कार प्रदान गरिएको एशोसिएसनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

वायुसेवा कम्पनीका कर्मचारीले यात्रुलाई गर्ने व्यवहार, चालक दलले गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधार सो पुरस्कार छनौट गर्ने गरिन्छ । यसअघि थाइएयर र फिन एयरले सो पुरस्कार प्राप्त गरेका थिए । 

नेपाल एयरलाइन्सले पछिल्लो समयमा आफूलाई प्रतिस्पर्धी बनाउँदै लगेको छ । विगतमा एयरपोर्टमा यात्रुले समयमा लगेज पाउने समस्या अहिले समाधान भएको छ । यात्रुले अध्यागमन चेक गर्नासाथ आफ्नो लगेज पाउने गरेका छन् । लगेज फोरिने र सामान हराउने समस्या पनि अहिले सुनिन छाडेको छ । 

खर्च कटौती गरी एयरलाइन्सलाई अरु प्रतिस्पर्धी एयरलाइन्सकै अवस्थामा पुर्याउन दत्तचित्त भएको निगमले वाइडबडीदेखि विगतमा विमान खरिद गर्दाको ऋणको बोझका कारण अपेक्षित उपलब्धी हासिल गर्न सकिरहेको छैन । 

फेरि इन्जीन मर्मतदेखि विभिन्न टेण्डरमा स्वार्थ बाझिनेहरुले संसदीय समितिहरुमा उजुरी हालेर उत्तिकै दुःख दिने गरेका कारण पनि समस्या भइरहेको निगम व्यवस्थापन स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ