arrow

अबिरल वर्षाले इँटा उद्योगमा २ करोड बढीको क्षेती

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ पुष २ बुधबार
bricks.jpg

पुनर्वास ।  मंसिरको अन्तिम शुक्रबार देखि परेको अबिरल वर्षाले कन्चनपुरको पुनर्वास क्षेत्रका इँटा उद्योगहरुमा २ करोड १६ लाख बराबरको लगानी क्षेती हुन्  पुगेको छ ।  दुई दिनसम्म परेको अविरल वर्षाले जिल्लाको दक्षिणी भेगमा संचालन हुदै आएका १५ वटा  उद्योगको १ करोड ८ लाख इँटा नष्ट गरेको हो ।

प्रति काचो इँटा बनाउदा २ रुपैया लगानी लाग्ने गरेको र धेरै परिणाममा इँटा नोक्सान भएपछी इँटा ब्यबसायी हरुले ठुलो आर्थिक क्षेति बेहोर्नु परेको महाकाली इँटा ब्यबसायी सघ दक्षिण बेल्टका अध्यक्ष कृष्ण बहादुर तामाङ्गले बताए । मंसिरको अन्तिम तिर दोस्रो पटक परेको झरीले कन्चनपुरका इँटा उद्योगहरु  ठुलो क्षेती बेहोर्न पुगेका हुन् । गएको शुक्रबार एक्कासि परेको झरीले घाममा सुकाउन राखिएका १० लाख काचो इँटा गलाए पछि २० लाख लगानी डुबेको संदेश इँटा उद्योगका एक जना संचालक शुरेश गजुरेलले बताए ।

कंचनपुरको दक्षिणी भेगमा संचालित इँटा उद्योगहरुले जिल्ला र देशका अन्य भागहरुमा इँटाको आपूर्ति गर्दै आए पनि प्राकृतिक जोखिम झेल्दै आएका छन् । वित्तीय ऋणको जोहो गरेर उद्योग संचालन गर्दै आए पनि सरकारले कुनै सहुलिएत नदिएको नमुना इँटा उद्योगका संचालक लालिश्वर अर्यालले बताए । मंसिर अन्तिममा परेको पानीले उद्योगमा सुकाउन राखिएका ९ लाख काचो इँटा गलाउदा आफ्नो उद्योगले १८ लाख बराबरको लगानी डुबेको मा दुर्गा इँटा उद्योगका सँचालक सुरेन्द्र साहले बताए ।

दुई दिन सम्म अबिरल रुपमा परेको वर्षाले कन्चनपुरका इँटा उद्योगहरुले ठुलो आर्थिक नोक्सानी भोग्न परेको उद्योगी हरुले बताएका छन् । यस्तै नोक्सानी व्यहोरेका आकाश इँटा उद्योगका संचालक परशुराम बिकले भने आफ्नो ३ लाख इँटा गलायो झरीले तर कहिँ कतै बाट राहत पाइदैन । ब्यबसायीले झोहो गरेर जम्मा गरेको पुजी नोक्सान हुन्छ तर सहुलियत मिल्दैन भन्छन शर्मा इँटा उद्योगका संचालक नविन शर्मा  उनको उद्योगका ५ लाख ईटा झरीले नोक्सान गरेको उनले अटाए ।

इँटा उत्पादनमा आत्मा निर्भर बनेको सुदुर पश्चिमका कंचनपुर कैलालीका इँटा उद्योगहरु यतिबेला आर्थिक मारमा परेका छन् । अरु उद्योगहरुमा सरकारले ब्यबसायीहरुको लगानी संरक्षण गर्न बिमाको ब्यबस्था गरे पनि इँटा उद्योगहरुको हीतमा सरकारले बिमा नीति नल्याएका कारण इँटा उद्योगीहरुले बर्सेनि झरीको मार खेप्न बाध्य हुदै आएको इँटा ब्यबसायी संघ दक्षिण बेल्टका अध्यक्ष कृष्ण बहादुर तामांगले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ