- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मंगलबार महाराजगंज स्थित त्रि.वि.वि.शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएका संविधान सभा सदस्य माननीय रामेश्वर ढुंङ्गेलप्रति नेपाली कांग्रेस संसदीय दलले समवेदना प्रकट गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्व.ढुंङ्गेलले पुर्याएको योगदानको स्मरण गर्दै उनको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गरेको हो ।
वि.स. २०१७ साल भक्तपुर जिल्लामा जन्मिका स्वं ढुंङ्गेल नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशील बनाउन सदैव क्रियाशिल थिए । २०७० सालको संविधान सभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएका नेता ढुंङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित थिए ।
उनले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व. ढुंङ्गेल प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा
पटक–पटक गिरफ्तार भएका थिए । उनी जस्तो एक कुशल नेतालाई गुमाउनु पर्दा नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको खाणले उल्लेख गरेका छन् ।