arrow

भ्याली एक्सप्रेसको पाँचौ शाखा एयरपोर्टमा

logo
प्रकाशित २०७६ पुष २ बुधबार
vally-express.jpg

काठमाडौं । सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालि (भ्याली ग्रुप) अन्तर्गतको भ्याली एक्सप्रेसले पाँचौ शाखा त्रिभुवन विमानस्थल सिनामंगलमा खोलेको छ । विमानस्थलमा रहेको पार्किगं भवनमा भ्याली एक्सप्रेसको पाँचौ शाखा बुधबार खुलेको हो ।

२०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछी फाष्टफुडको ब्यापारमा प्रवेश गर्दै  २०७१ मा भ्याली एक्सप्रेसको ब्राण्डमा चितवनमा आफ्नो पहिलो शाखा खोलेको थियो । दोस्रो शाखा काठमाडौंको नयाँबजारमा खोलेर काठमाडौं उपत्यकामा प्रवेश गरेको समूहले काठमाडौंको बसन्तपुर र महाराजगन्जमा यस अगाडि नै शाखा विस्तार गरिसकेको छ । विस्तारै काठमाडौं बाहिर पनि भ्याली एक्सप्रेसको शाखा विस्तार गर्न समूह प्रयासरत छ ।

उद्योग स्थापनाकालमा उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलब्ध गराउने उदेश्यसँगै पौष्टिकजन्य तत्वको सहज उपलब्धतालाई समेत समूहले आफ्नो प्रमुख प्राथमिकतामा राखेको जानकारी गराउन चाहन्छौं । सोही लक्ष्यलाई प्राथमिकता दिँदै अन्तराष्ट्रिय मापदण्ड कायम गरेर शहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरिय तयारी खाना उपलब्ध गराउन भ्याली ग्रुपले भ्याली एक्सप्रेसको प्रारम्भ गरेको हो ।

भ्याली ग्रुपमा अहिले भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड ईण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, भ्याली पेलेट फिड प्रालि सञ्चालनमा छन् । पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धान गरी आधुनिक, प्रविधिमैत्री र अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन भ्याली रिसर्च फार्म स्थापना गरी सञ्चालनमा आइसकेको छ ।

अहिले अन्तराष्ट्रिय स्तरको प्रविधि भित्र्याई ब्रोइलर कुखुराको गुणस्तरिय एक दिने चल्ला उत्पादन तथा वितरण सञ्चालनमा आइसकेको छ । तनहु जिल्लामा मर्स्यांग्दी पोल्ट्री प्रालि, नुवाकोटमा त्रिशुली ब्रिडिगं एण्ड रिसर्च फार्म प्रालि र झापामा भ्याली एग्रो फिड प्रालि सञ्चालनमा आइसकेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।

स्थापनाकालदेखि नै गुणस्तरीय उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको समुहले स्तरिय मासु प्रशोधनमा अपनाएको आधुनिक प्रविधिकै कारण आइएसओ २२०००–२००५ को मान्यतासँगै हलाल सर्टिफाइड समेत भइसकेको जानकारी गराउन चाहन्छौं ।

कुखुरा उत्पादनदेखि प्रशोधनसम्मको प्रकृयामा उच्चस्तरीय आधुनिक प्रविधिको उपयोगलाई हामीले सधै प्राथमिकता दिँदै आएका छौं । आधुनिक प्रविधि र गुणस्तरलाई भित्र्याउँदै अन्तराष्ट्रिय मापदण्ड अनुसार समुहले सञ्चालन गरिरहेको आधुनिक बधशालालाई अन्तराष्ट्रिय टोलीले समेत मान्यता दिइसकेको छ । जसकारण नेपालमा सञ्चालित अन्तराष्ट्रिय फ्रेन्चाइज रेष्टुरेन्ट र पाँच तारे होटलहरुले नेपाल बाहिरबाट कुखुराको मासु नेपाल भित्र्याउने क्रम घटेको छ र नेपालमा उत्पादित कुखुराको बजार बढेको छ ।

भ्याली एक्सप्रेसमा हामीले अन्तराष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका खाद्य निर्माण प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष राखेका छौं । हाम्रो लक्ष्यमा तपाईको सदा झैं साथ र सहयोगको अपेक्षा गरेका छौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ