arrow

काँग्रेसलाई सरकारमा सहभागी गराउन पहल जारी: उपप्रम गच्छदार

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
Bijaya_Gachhadar.jpg.jpeg
उर्लाबारी (मोरङ) । उपप्रधान मन्त्री एवम् भौतिक योजना, पूर्वाधार तथा यातयातमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकारमा काँग्रेसलाई पनि सहभागी गराउन पहल भइरहेको बताउनुभएको छ । 
 
मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा काँग्रेसलाई ल्याउनका लागि पहल भइरहेको बताउँदै यदि सरकारमा आउने अवस्था बन्दैन भने लोकतन्त्रमा प्रतिपक्षको राम्रो भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । 
 
२०औँ वर्षदेखि छोटो समयमै सरकार परिवर्तन हुँदा विकास निर्माण प्रभावित भएको भन्दै उपप्रधानमन्त्री गच्छदारले अब सरकार परिवर्तनभन्दा पनि देश विकासबारे सोच्ने बेला आएको बताउनुभयो । गच्छदारले कुनै व्यक्तिले चाहँदैमा वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभयो । 
 
न्यायालयको विषयलाई लिएर कोही पनि विभाजित हुन नहुने बताउँदै गच्छदारले सुशिला कार्की ज्येष्ठताको आधारमा पहिलो स्थानमा रहेकोले त्यस विषयमा विवाद गर्नुको कुनै कारण नरहेको बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ