arrow

कारको लाइसेन्सले ३९ विद्यार्थी बोकेको बस लिएर हिडेपछि ...

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
car-driving.jpg

तनहुँका । साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार-जिप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा४ख ९३२० नं को बस चलाएपछि जाँचका क्रममा  बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले  बताए।

धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सदनको बा४ख ९३२० नं को विद्यालय बसमा ३९ जना विद्यार्थी सवार थिए । बुटवल, भैरहवा, पाल्पा, स्याङ्जा, पोखरा हुँदै गोरखाको मनकामना जान लागेको उक्त बसलाई नियन्त्रणमा लिएर अर्को बस खोजेर पठाइएको थियो  ।

 “विद्यार्थीको ज्यानै जोखिममा पारेर बस चलाउने चालकलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएका छौँ”,उनले भने, “साथै दुई हजार जरिवानासमेत गरिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ