arrow

राजपालाई च्यापेर उपेन्द्रलाई गलहत्याउने रणनीतिमा नेकपा

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
upendra-yadav.jpg

काठमाडौं। माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले सहकार्य गरे पछि सत्ता साझेदारी समाजवादी पार्टीले धोका भएको महशुस गरेको छ। समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्न चाहेका थिए। सत्ता साझेदारी दल भएकोले पनि नेकपासँग सहकार्य हुनेमा उनी ढुक्क् थिए तर परिणाम उल्टो भयो, उपेन्द्र निकट एक नेताले भने।

बुधवार विहान प्रधानमन्त्रीको सचिबालयबाट अकस्मात राजपाका नेताहरुलाई बार्ताको लागि बोलाउट भयो। र बुधबार साँझ नेकपा र राजपाका नेताहरुवीच वार्ता भयो र प्रदेश २ को हकमा सहकार्य गर्ने सहमति भयो। यसबाट दुई नम्बरमा प्रदेशमा २ नेपाली कांग्रेसले एक सिट र समाजवादी पार्टीले एक सिट गुमाउने छन्। तर नेपाल कम्युनिस्ट पार्टीलाई प्रदेश २ मा दुई सिट फाइदा हुने छ। राजपालाई भने न सिट गुम्ने छ न बढ्ने छ। दुई सिट यथावथ हुने छ।

प्रदेश २ बाट प्रतिनिधित्व गरेका राष्ट्रिय सभाका ८ सांसद मध्ये ४ सांसदको कार्यकाल फागुन २० वाट सकिदै छ। ती ४ जनामध्ये राजपाका दुई, नेपाली कांग्रेसको एक र समाजवादी पार्टीको एक रहेको छ। दुई पार्टी विचको सहकार्यले राजपाको दुई सिट गुम्ने छैन भने  कांग्रेस र समाजवादी पार्टीलाई एक-एक सिट घाटा लाग्ने छ।

राजपा स्रोत भन्छ, राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्न राजपाका नेताहरुले समाजवादी पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराइ र कार्यकारिणी समितिका अध्यक्ष यादवसँग छलफल गर्न खोजेका थिए। यसको लागि एक दुई पटक टेलीफोनमा कुराकानी पनि भएको थियो तर समाजवादी पार्टीका नेताहरुले ‘ पछि कुरा गरौला’ भन्दै टारे। राजपाका एक पदाधिकारी भन्छन, यसबाट हामीले बुझ्यौ समाजवादी पार्टी हामीसँग होइन। नेकपासँग सहकार्य गर्न चाहेको हो।’ ती नेता भन्छन, ‘यद्यपी हाम्रो चाहना थियो राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीवीच सहकार्य होस भन्ने थियो।’

राजपाका अर्का एक  सांसद भन्छन, प्रदेश २ सरकारमा राजपा र समाजवादी पार्टीवीच सहकार्य भएको र हाल दुइ पार्टीवीच एकीकरण प्रक्रिया पनि अघि बढेकोले बेला राष्ट्रिय सभाको निर्वाचनमा पनि राजपा र समाजवादी पार्टीवीच सहकार्य होस भन्ने हामीले चाहेका थियौ। यस्तै सहकार्य हामीले उप निर्वाचनमा पनि चाहेका थिए तर हाम्रो चाहनालाई उहाँहरु (समाजावदी पार्टीका नेताह) ले महत्व दिनु भएन। त्यसपछि हामी नेकपासँग सहकार्य गर्ने निर्णयमा पुग्यौ।’

राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले समाजवादी पार्टीलाई छाडी राजपासँग सहकार्य गरे पछि तत्काल सरकारबाट बाहिरिन समाजवादी पार्टीलाई दबाब बढेको छ। तर सरकार छाड्ने/नछाड्ने विषयमा निर्णय गर्न समाजवादी पार्टी अझै निष्कर्षमा पुगेको छैन। केही दिन अघि प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुनगर्ठनमा पनि प्रधानमन्त्रीले समाजवादी पार्टीलाई यस्तै अपमान गरेका थिए।

समाजवादी पार्टीबाट सरकारको नेतृत्व गरेका उपेन्द्र यादवलाई सरसल्लाह नगरी मन्त्रालय फेरे भने समाजवादी पार्टीबाट सरकारमा गएका सुरेन्द्र यादवको मन्त्री पद खोसियो। यती हु्ँदा हुँदै पनि समाजवादी पार्टी सरकारमा आफनो उपस्थिति संविधान संशोधनको लागि हो भन्दै संविधान संशोधनको लागि दबाब दिन सरकारमा बस्ने निर्णय यथावथ राख्ने निर्णय गर्‍यो। तर समाजवादी पार्टीका एक केन्द्रीय सदस्य भन्छन, ‘तर अब प्रधानमन्त्री र हामीवीच द्धन्द्ध बढेको घटना सडकमै आएको छ। अझै पनि सरकारमा बस्नु पार्टीको लागि घातक हुन्छ।’

तर समाजवादी पार्टीका नेताहरुको बुझाई भने समाजवादी पार्टीले सरकार छाड्ने वित्तिकै राजपा सरकारमा जान्छ भन्ने छ। समाजवादी पार्टीलाई सरकार बाहिर राखी राजपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले यस्तो खेल खेलेको समाजवादी पार्टीका नेताहरुको बुझाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ