arrow

प्रदेश दुईमा कर्मचारी भर्ना प्रक्रिया सुरु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ३ बिहिबार
pradesh-2.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईको सरकारले आफ्नै कर्मचारी राख्न कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको  छ ।

गत ४ कात्तिकदेखि संचालनमा आएको आयोग पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका तथा आचार संहिता लगायत निर्माण कार्यमा जुटेको छ । प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोट प्रक्रिया अघि बढाएको छ ।

आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले प्रदेश निजामती ऐन, नियमावली, निर्दे्शिका लगायत मस्यौदा तयार भइसकेको भन्दै  आयोगलाई चाहिने ऐन–कानुनको मस्यौदा तयार भइसकेको हो , छिटै पारित भएपछि आयोगमा कामले गति लिन्छ भने । लोकसेवा आयोगकै मापदण्डको हिसाबले प्रदेश लोकसेवाले  कर्मचारी भर्ना गर्ने सक्ने बताएका छन् ।

लोकसेवा आयोगकै ऐन–कानुनलाई टेकेर प्रदेश लोकसेवा आयोगको ऐन–कानुन बनाइएको हो । त्यसैले, ऐन–कानुन देशभरि लागू हुन्छ तर प्रदेश लोकसेवाले प्रदेशभित्रै मात्रै काम गर्छ, त्यसकारण प्रदेशको आवश्यकता र भूगोललाई ध्यानमा राखेर प्रदेश लोकसेवाको ऐन–कानुनको मस्यौदा तयार गरिएको छ ।

प्रदेश सरकार तथा प्रदेशनमूना दुईमा रहेका स्थानीय तह, प्रदेश प्रहरी लगायतका लागि आवश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवाले छनोट गर्ने संवैधानिक व्यवस्था रहेको प्रवक्ता झाले बताए ।

आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रदेश सरकारलाई आवश्यक कर्मचारी व्यवस्थापनका लागि ओ एन्ड एम गरेर तत्काल प्रदेश लोकसेवा आयोगलाई बुझाउन पत्रचार  समेत गरिसकेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ