arrow

बहुप्रतिक्षित 'किया सेल्टोस'को नेपालमा बिक्री सुरु

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
kya-car-seltos.jpg

काठमाडौं। कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले बहुप्रतिक्षित "किया सेल्टोस" को नेपालमा बिक्री सुरु गरेको छ। गौरीधारामा रहेको कियाको सोरुममा बिक्री सुरु भएको जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेल्टोस गाडी सार्वजनिक गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङसिकले आधुनिक प्रबिधियुक्त कियाको गाडी नेपाल भित्रिएकोमा खुसी ब्यक्त गरे। उनले ब्यापारका अन्य सम्भावनाहरुमा समेत नेपालसँग सहकार्य गरेर जाने इच्छा ब्यक्त गरे। 

कोरियाली अटो निर्माता कियाले २०१९ बाट भारतमा समेत प्लान्ट राखेर आधुनिक सेल्टोस गाडी निर्माण गरेको हो। केही समय अघिदेखी नै बिश्वभर कियाले उत्साहजकन रुपमा प्रि बुकिङ सुरु गरेको यस गाडीको नाडा अटो सोमा समेत २०० भन्दा बढीले बुकिङ गरेका थिए।

भारतमा बिक्री सुरु गरेको १० दिनमा नै सर्वाधिक बिक्री भएको ब्राण्डको रुपमा किया सेल्टोस स्थापित भएको छ। बिश्वभर पहिलो दश दिनमा ६००० भन्दा बढी कार बिक्री भएको सो कार्यक्रममा जानकारी दिइयो। साथै प्रि बुकिङ पनि ३१ हजार भन्दा बढीले गरिसकेको बताइएको छ।

स्पोर्टस् युटिलिटी भेहिकल (मिड-एसयुभी) अन्तर्गत रहेको यो गाडीको सूरुको मुल्य ४९ लाख ९० हजार देखी अधिकतम मुल्य ८० लाखसम्म रहेको छ। भारतको आधुनिक प्लान्ट्मा निर्मित ६ वटा कलर र बिभिन्न फिचरमा यो सेल्टोस रहेको कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि अध्यक्ष सुहृद घिमिरेले बताए। 

सेल्टोसमा १० इन्चको स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट एण्ड ब्याक लाइट, एअर प्युरिफायर, डी कट स्टेरिङ, युभी ग्लास, जस्ता बिशेषता रहेका छन्। यसले नेपाली बजारमा हुन्डाईको क्रेटासग प्रतिस्पर्धा गर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ