arrow

भारतको पलियामा प्लान्ट क्वारेन्टाइन राख्ने तयारी

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ पुष ५ शनिबार
Gauriphanta-Dhangadhi-Borde.jpg

धनगढी। भारतको उत्तर प्रदेश सरकारले गौरीफन्टा नाकामा स्थापना गर्ने भनिएको प्लान्ट क्वारेन्टाइनको कार्यालय पलियामा राख्ने तयारी गरेको छ । उत्तर प्रदेश सरकारले नोभेम्बर १४ मा उक्त नाकामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरे पनि पलियामा कार्यालय राख्ने प्रक्रिया अगाडि बढाएको हो ।

गौरीफन्टा नाकामा दुधुवा नेसनल पार्कले आवश्यक जग्गा उपलब्ध नगराएका कारण पलियामा कार्यालय राख्न लागिएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ । नोभेम्बर १४ को निर्णयअनुसार यसअघि उत्तर प्रदेशको राजधानी लखनउ यता नरहेको प्लान्ट क्वारेन्टाइन अब भने सीमा क्षेत्रमा विस्तार गर्ने तयारी थालिएको जनाइएको छ ।

भारतले गौरीफन्टा नाकामा क्वारेन्टाइन राखेपछि आयात तथा निर्यातमा सहजता आउने उद्योगी व्यवसायीहरु बताउछन् । गौरीफन्टा नाकामा दुधुवा नेसनल पार्कले आवश्यक जग्गा उपलब्ध नगराएका कारण पलियामा कार्यालय राख्न लागिएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।

यसअघि गौरीफन्टामा क्वारेन्टाइन नहुँदा नेपालमा उत्पादित तरकारी, फलफूल भारत लैजानुपरेमा नेपालगञ्जहुँदै लैजानुपर्ने व्यवसायीको बाध्यता अब भने हट्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । यो हाम्रो वर्षौंदेखिको माग हो उनले भने भारत सरकारले ढिलै भए पनि हाम्रो र त्यहाँका व्यवसायीको मागलाई सम्बोधन गरेको बताए । उनले गौरीफन्टा नाकामा दुवै देशले प्लान्ट क्वारेन्टाइन स्थापना गरेसँगै तरकारी, फलफूल तथा अन्य कृषिजन्य उत्पादनको आयातनिर्यातमा सहज हुर्ने बताए ।

नोभेम्बर १४ मा गरेका निर्णयका आधारमा उत्तर प्रदेश सरकारले सोमबार नै गौरीफन्टा नाकामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको भए पनि केही प्रक्रिया नमिलेका कारण ढिलाइ भएको बुझिएको पशु क्वारेन्टाइन गड्डाचौकीका प्रमुख देवराज खातीले बताए ।  गड्डा चौकीमा दुवै देशको सीमानातर्फ प्लान्ट क्वारेन्टाइन भए पनि पुल नहुँदा सामान ओसारप्रसार भएको थिएन उनले भने गौरीफन्टामा क्वारेन्टाइन नै नहुँदा किसानले समस्या भोग्दै आएका थिए  अब त्यो समस्या समाधान हुर्ने बताए । यसअघि नेपालबाट निर्यात गर्दा वा भारतबाट कृषिजन्य वस्तु आयात गर्दा नेपालगञ्जहुँदै सुदूरपश्चिम आउनुपर्ने बाध्यता अब अन्त्य हुने उनले  बताए ।

यसले सुदूरपश्चिमेलीलाई कृषि उपजको अन्तराष्ट्रिय बजारीकरणमा ठूलो टेवा पुग्ने उनले जानकारी दिए । कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका प्रमुख यज्ञराज जोशीले भारतीय स्वार्थ हुने पक्का भए पनि नेपालीलाई समेत फाइदा हुने बताए । हामीले अत्तरियामा विषादी प्रयोगशाला राखेका छौं उनले भने गड्डा चौकीबाट अत्तरिया टाढा पर्दछ, त्यसैले पलियामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्दा त्यहाँका व्यापारीलाई फाइदा पुग्ने बताए ।

गड्डाचौकीबाट अत्तरिया आउन झन्झट हुने भएका कारण भारतले पलियामा प्लान्ट क्वारेन्टाइन राख्दा भारतका व्यापारीलाई कृषिजन्य पदार्थ नेपाल ल्याउन फाइदा हुने उनले जानकारी दिए ।  विगतका वर्षहरुमा भारतबाट आयात हुने वस्तुहरु विषादी युक्त हुने गरेको थियो । अव भने भारतले पनि प्लान्ट क्वारेन्टाइन स्थापना गर्दा स्वस्थ खानेकुरा आयात हुने विश्वास लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ