arrow

कम्प्युटर इन्जिनियरको खल्तीमा पेस्तोल

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
gun-1.jpg.jpeg
राजविराज । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई यहाँ पक्राउ गरिएको छ।
 
पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन्। प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुर चौकबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मङ्गलबार साँझ पक्राउ गरेको हो।
 
भारतबाट स६प १६९२ नंको युनिकर्न मोटरसाइकलमा चढेर राजविराज–सखडा रोड हुँदै राजविराजतर्फ आउँदै गर्दा पक्राउ परेको हो। उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ