arrow

एनआईसी एशिया बैंकले ग्राहकलाई जानकारी दिन आधुनिक आइभिआर सेवा संचालनमा

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
nic-asia-ivr.jpg

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्न इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभिआर) सेवा सञ्चालनमा ल्याएको छ। यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभव लिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जारी गरेको बिज्ञप्तीमा जनाएको छ।

आइभिआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकमको जानकारी, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी दिने बताइएको छ। सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभिआर सेवा दर्ता गर्नुपर्दछ। दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिने बताइएको छ। 

ग्राहकले एसएमएसद्वारा आइभिआर दर्ता गर्नका लागि आइभिआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ। एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ। दर्ता प्रक्रिया समाप्त भए पश्चात आइभिआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नुहुनेछ। ग्राहकहरुले फोन कलद्वारा दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ।

आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आइभिआर नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन्।

यो सेवा ग्राहक महानुभावहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन्। जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ