arrow

नेपाली नयाँ वर्ष : क्यानेडियन प्रधानमन्त्रीले दिए लिखित शुभ-कामना

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
Justin-Trudeau-pM.png.png
काठमाडौं । क्यानेडियन प्रधानमन्त्री जस्टिन टुर्डाओले नेपाली नयाँ वर्षको अवसरमा शुभ-कामना दिएका छन् । वुधबार एक विज्ञप्ती जारी गरी उनले आफ्ना समकक्षी तथा सम्पूर्ण नेपालीलाई शुभ-कामना दिएका हुन् । उनले नेपालको संस्कृति र परम्पराको सम्मान गर्दै शुभकामना आदान प्रदान एवं  उपहार दिने चलनलाई सम्झिएका छन् । 
 
नयाँ वर्षको अवसरमा क्यानाडा सरकारकोतर्फबाट शुभ-कामना दिँदै प्रधानमन्त्री जस्टिनले आफुहरुले गर्ने सहयोग निरन्तर रहने जनाएका छन् । साथै उनले नेपाल बहुसांस्कृतिक र विभिन्न धर्मावलम्बिहरु बस्ने धार्मिक मुलुक समेत भएकाले राष्ट्रको उन्नतिका लागि सद्भाव कायमै रहनु पर्ने धारणा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ