arrow

साउदी अरबमा बिना अनुमती वाईफाई चलाए चोरी मुद्दा !

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
wif.jpeg.jpeg
एजेन्सी । साउदी अरबको  धार्मिक विभागले बिना अनुमति वाईफाई चलाए चोरीको कार्बाही  गर्ने  नयाँ नियम जारी गरेको छ । विभागका अनुसार छिमेकिको वाईफाई कनेक्टिभिटी चोर्नु इस्लामिक आचरण विरुद्ध भनिएको छ । यसरी वाईफाई कनेक्टिभिटी चोर्नेलाई अन्य चोरी सरह कडा सजाय हुनेछ । इस्लामिक अफेयर्स एण्ड चेरिटेबल एक्टिभिटीज डिपार्टमेन्टले आफ्नो वेबसाइटमा विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । विज्ञप्ती कुनै एक  ब्यक्तिले  गरेको प्रश्नको जवाफमा  जारी गरेको हो ।
 
विज्ञप्तीमा भनिएको छ,' यदी तपाईको छिमेकीले वाईफाई चलाउन अनुमती दिएको छ भने यसको प्रयोग गर्न कुनै सजाय हुने छैन ।' तर बिना अनुमती छिमेकीको वाईफाई चलाउन भने पाइने छैन । उक्त विभाग यस्ता खालका प्रश्नहरुको जवाफ  दिदै आएको छ । प्रश्नमा नमाज, धार्मिक, कस्टेमेटिक सर्जरी र गैर कानूनी तरीकाबाट चलचित्र डाउनलोड गर्ने जस्ता कुराहरु समावेश हुन्छन् । जवाफ पुर्ण विज्ञप्ती पछिल्लो समय अन्य धार्मिक नेताहरुले जारी गरेको वक्तव्यसँग मिल्दो जुल्दो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ