arrow

२२ चिनियाँ संदिग्धहरु समातिएको बाँसवारीको घर डा भोला रिजालको रहेको पुष्टी

ठूलो समुहमा लामो समय बस्ने चिनियाँहरु शंकाको घेरामा

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
dr-bhola-rijal.gif

काठमाडौं। नेपालमा संगठित अपराधमा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्मकै ठूलो कार्वाही गरि ९६ चिनियाँहरुलाई नियन्त्रणमा लिएको छ। यस क्रममा प्रहरीले ३ स्थानमा छापा मारेर ती संदिग्धहरुलाई नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको सीआइबीको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले चिनियाँ संदिग्ध समुहलाई नियन्त्रणमा लिएको हो। 

यसक्रममा प्रहरीले महाराजगञ्ज वाँसवारी क्षेत्रबाट २२ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले महाराजगञ्जबाट केहि उत्तर वाँसवारी धारापानी पिपलमार्गमा तीन रोपनी कम्पाउण्डसहितको घरमा छापा मारेको थियो। संदिग्ध चिनियाँहरु पक्राउ परेको सो घर भने चर्चित चिकित्सक डा भोला रिजालको भएको थाहा भएको छ। संदिग्धहरु पक्राउसँगै उनीहरुको साथबाट १०० थान जति मोवाइल र त्यतिकै संख्यामा ल्यापटप समेत बरामद गरिएपछि मुचुल्का गर्न घरबेटीलाई बोलाउने क्रममा प्रहरीले सो घर डा रिजालको भएको पत्तो पाएको हो। रिजालले सो घर भाडामा दिएपनि त्यसमा के गतिविधी हुन्छ भनेर केहि पनि निगरानी नगरेको प्रहरीले आज छापा मार्नु पर्ने स्थित भएबाट देखिएको छ। कर्पोरेट देखिने कार्यालय चलाएपनि कुनै वोर्ड भने घर तथा कम्पाउण्डमा थिएन। रिजालकव घरबाट पक्राउ परेका सबैलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएकव छ। 

ल्यापटप र कम्प्युटर राखेर नेटवर्किङ गरि बैङकिङ सिस्टम ह्याकिङ गर्ने काममा अहिले चिनियाँ ठूलो समुह देशैभरि सक्रिय भएको अनुमान प्रहरीको छ। यस्ता समुह ठूलो कम्पाउण्ड भएको घर भाडामा लिने, एकान्त तथा शान्त स्थानका होटल तथा रिसोर्टहरु बुकिङ गरेर धन्दा चलाउने गरेको सूचना प्रहरीकहाँ प्राप्त भएको प्रहरी स्रोत बताउँछ। एकान्त स्थतानका घर र होटलहरुलाई स्टेशन बनाएर ठगी धन्दा तथा ह्याकिङ गर्ने चिनियाँ समुहहरुमा एकजना सम्पर्क सूत्रका रुपमा काम गर्ने भाषा अनुवादक मात्र नेपाली हुने गरेको प्रहरीले बताएको छ। यस्ता समुहमा कम्प्युटरका विज्ञ, इन्जिनियर, सफ्टवेयर इन्जिनियर सबै चिनियाँ भाषा बोल्ने चिनियाँहरु हुने गरेका छन्। उनीहरुका लागि खाना पकाउने कुक समेत चीनबाटै ल्याइने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

यस्ता चिनियाँ समुहले राम्रो भाडा दिने लोभ घरभेटीलाई दिने गरेको पाइएको छ। यस्तै लोभमा कतिपय घरबेटीले चिनियाँहरुले गर्दै आएको कामलाई पनि नजरअन्दाज गर्ने गर्ने गरेको र कतिपयले भने भनेको जस्तो भाडा समयमै पाइरहेको नाममा उनीहरुको गतिविधीलाई नजरअन्दाज गर्दा संगठीत ठगी तथा ह्याकिङ बढेको पाइएको उल्लेख गर्दै प्रहरीका एक अधिकारीले हाम्राकुरासँग कुरा गर्दै आफ्नो घर भाडामा लिएर काम गरिरहेका चिनियाँहरुको गतिविधीलाई निगरानी गर्न भनेका छन्। प्रहरीले लामो समयदेखि नेपालमा बसेर शंकास्पद गतिविधी गरिरहेका चिनियाँहरुमाथि निगरानी राखेको समेत ति अधिकारीले बताए। 

सोमबारको कार्वाही सिआइबीका डिआइजी निरज शाहीको नेतृत्वमा भएको थियो। उनको कमाण्डमा प्रहरीको तीन टोलीले संगठित आपराधिक गतिविधिमा संलग्न रहेका चिनियाँहरुको ३ स्थानमा छापा मारि ९६ जनालाई पक्राउ गरि उनीहरुको सामान समत वरामद गरेको छ। महाराजगञ्जका अलावा अन्य दुई ठाउँमा पनि प्रहरीले छापा मारी संदिग्ध चिनियाँहरु पक्राउ गरिएको छ। पक्राउ परेकाहरु बैङ तथा बैङकका एटिएम ह्याकिङमा संलग्न रहेको गिरोह भएको र त्यसमा लागि काठमाडौंमै आधार खडा गरि काम गरिरहेको प्रहरीको अनुमान छ।

प्रहरीले काठमाडौंको मनमैजु र वुढानिलकण्ठबाट पनि ठूलो मात्रामा सामान र व्यक्तिहरु पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरुको सामान रुज गर्ने र उनीहरु के प्रयोजनमा संलग्न थिए भन्ने बारेमा थप छानविन भइरहेको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए। विस्तृतमा सबै सूचना संकलन भएपछि जानकारी गराइने थापाले बताए। उनीहरु बैद्य वा अवैद्य रुपमा नेपालमा बसिरहेका हुन भन्नेबारेमा समेत छानबिन भइरहेको उनले बताए। उनीहरुले नेर्वकिङ र टेक्नोलोजीको दुरुपयोग गरी अपराध गरेको आशंका रहेको थापाले बताए। 

यसअघि भदौ १५ गते एटिम मार्फत बैकको सिस्टम ह्याक गरेर पैसा झिकिरहेको अवस्थामा ५ जना चिनियाँ दरवारमार्ग एरियाबाट पक्राउ परेका थिए। उनीहरुले कसरी बैकिङ सिस्टम ह्याक गरे भनेर बिदेशबाट समेत बिज्ञ झिकाएर अध्ययन गर्दा समेत वास्तबित सार्वजनिक भएको छैन्। चिनियाँहरु प्रबिधिमा अब्बल हुने भए पनि उनीहरु बिदेश लगायत बिभिन्न ठाउँमा प्रबिधिको दुरुपयोग गर्दै अपराध गर्दै आएका घटना सार्वजनिक हुँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ