arrow

टी–२० र एक दिवसीय खेल्ने भारतीय टिमको घोषणा, को परे को छुटे ? 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
bumraha-dhawan.jpg

काठमाडौं । भारतले श्रीलंका र अष्ट्रेलिया विरुद्ध खेल्ने टी–२० र एक दिवसीय क्रिकेट टिमको घोषणा गरेको छ । टिममा बलर जसप्रित बुमराह र ब्याट्सम्यान शिखर धवन समेटिएका छन् । 

गत अगष्टमा वेष्ट इन्डिज विरुद्ध भएको खेलका क्रममा ढाडको चोटको कारण टिम बाहिर रहँदै आएका बुमराह चोटमुक्त हुँदै टिममा फर्किएका हुन् ।

यस्तै भारतले टी–२० का लागि रोहित शर्मा र मोहम्मद शमीलाई आराम दिएको छ । रोहितले वेष्ट इन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । 

भारतले जनवरी ५ देखि १० भित्र श्रीलंकासँग तीन खेलको टी–२० खेल्दैछ । त्यस्तै यस्तै जनवरी १४ देखि १९ भित्र अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

मुख्य चयनकर्ता एमएसके प्रसादले सोमबार दुवै शैलीका खेल खेल्ने खेलाडीको नाम सार्वजनिक गरेका हुन् । उनले अबको ६–७ वर्षसम्म कुनै पनि शैलीको खेलका लागि खेलाडी चयनमा कुनै समस्या नरहेको दावीसमेत गरेका छन् । 

यस्तो छ टी–२० टिमः

विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, सन्जु स्यामसन, रिषभ पन्त, शिवम दुबे, युजवेंद्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह र वसिङटन सुन्दर । 

एक दिवसीय टिमः 

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद शमी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ