टी–२० र एक दिवसीय खेल्ने भारतीय टिमको घोषणा, को परे को छुटे ?
प्रकाशित २०७६ पुष ८ मंगलबार
568
Shares
काठमाडौं । भारतले श्रीलंका र अष्ट्रेलिया विरुद्ध खेल्ने टी–२० र एक दिवसीय क्रिकेट टिमको घोषणा गरेको छ । टिममा बलर जसप्रित बुमराह र ब्याट्सम्यान शिखर धवन समेटिएका छन् ।
गत अगष्टमा वेष्ट इन्डिज विरुद्ध भएको खेलका क्रममा ढाडको चोटको कारण टिम बाहिर रहँदै आएका बुमराह चोटमुक्त हुँदै टिममा फर्किएका हुन् ।
यस्तै भारतले टी–२० का लागि रोहित शर्मा र मोहम्मद शमीलाई आराम दिएको छ । रोहितले वेष्ट इन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भारतले जनवरी ५ देखि १० भित्र श्रीलंकासँग तीन खेलको टी–२० खेल्दैछ । त्यस्तै यस्तै जनवरी १४ देखि १९ भित्र अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
मुख्य चयनकर्ता एमएसके प्रसादले सोमबार दुवै शैलीका खेल खेल्ने खेलाडीको नाम सार्वजनिक गरेका हुन् । उनले अबको ६–७ वर्षसम्म कुनै पनि शैलीको खेलका लागि खेलाडी चयनमा कुनै समस्या नरहेको दावीसमेत गरेका छन् ।