arrow

योगेश भट्टराईको सचिवालयसँग ताप्लेजुङकै नेकपा नेता–कार्यकर्ता रुष्ट

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
yogesh-bhattrai2.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सचिवालयका कर्मचारीको ब्यवहारबाट उनकै जिल्ला ताप्लेजुङका नेता कार्यकर्तासमेत रुष्ट हुन थालेका छन् । 

नेकपामा संभावना भएका युवानेताका रुपमा लिइने भट्टराईलाई भेट्न चाहने देशभरका नेता कार्यकर्ताहरु उनका पीए प्रेम गुरागाईको रुखो ब्यवहारका कारण आक्रोसित भएकै थिए, अब त ताप्लेजुङका नेकपा कार्यकर्तासमेत रुष्ट भएका छन् । उनका पीए गुरागाईले फोन समेत रिसिभ नगर्ने र गरिहाले पनि रुखो बोल्ने गरेको कार्यकर्ताहरुले गुनासो गरेका छन् । 

श्रीमतीलाई पर्यटन बोर्डमा जागिर लगाएका गुरागाईले फोन गर्दा रिसिभ नगर्ने मात्र होइन, काट्ने गरेको गुनासो ताप्लेजुङ नेकपाका नेता तथा पेशागत विशेष जिल्ला कमिटीका सदस्य चित्रगुप्ता सावाँ लिम्बुले सामाजिक संजालमै पोष्ट गरेका छन् । उनले पुस ६ गते मन्त्री भट्टराईका पीए गुरागाईप्रति लक्षित गर्दै सामाजिक संजालमा लेखेका छन्–आजभोलि फोन काट्न थालेका छन् साथीहरु, केही कामको कुरा गरे, पछि खबर गर्छु भन्ने जवाफ, तर न फोन आउँछ, न त खबर नै । नबुझेको कुरा किन यस्तो हुन्छ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ